प्रदेश प्रमुखकहाँ सनाखत गर्दै हिक्मत कार्कीलाई समर्थन दिएका सांसदहरू | Khabarhub Khabarhub

प्रदेश प्रमुखकहाँ सनाखत गर्दै हिक्मत कार्कीलाई समर्थन दिएका सांसदहरू


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीका समर्थकहरूले कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा सनाखत थालेका छन् ।

कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका एमालेका ३९ र माओवादी केन्द्रका १३ प्रदेश सभा सदस्यहरू भौतिक रुपमै उपस्थित भई सनाखत गर्न थालेका हुन् ।

कार्कीले बिहीबार नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगत्तै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए ।

यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका उनको पक्षमा ५२ सांसदको हस्ताक्षर जुटेको छ ।

यसअघि उनी  २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसपछि केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए ।

पछि ०८० भदौ २१ गतेदेखि असोज २० गतेसम्म दोस्रो पटक उनी मुख्यमन्त्री बनेका थिए । दाबी पेस गरेसँगै सांसदहरूको सनाखत गराएर मुख्यमन्त्री नियुक्ति, शपथ र नयाँ मुख्यमन्त्रीको पदबहालीसम्म बिहीबार नै टुंग्याउने तयारी छ।

यसैबीच मुख्यमन्त्रीका लागि कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ । कोशीमा जसपाका एक सांसद छन् । जसपाले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३ पुगेको छ ।

तर प्रक्रिया अघि बढाउँदा जसपा सांसद नआइपुगेपछि खापुङलाई बुझाएको हस्ताक्षरमा एमाले र माओवादीका ५२ जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १ : २० बजे

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

काठमाडौं– नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको

शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने

काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले आजदेखि राजनीतिक दलको केन्द्रीय

मायंक यादवले आइपीएल गुमाउने

काठमाडौं – लखनाउ सुपर जायन्ट्सका फास्ट बलर मायंक यादवले आइपीएल

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं– कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको मादी

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष