जलेश्वरका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

जलेश्वरका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल सहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा चलाएको हो ।

जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा आयोगले मेयर, उपमेयर, वडा नं. १ का वडाध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृतसहित अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले उक्त योजनामा भएको कामभन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी भएको भन्दै त्यति रकम बिगो माग दाबी गरेको छ ।

भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा अधिकृत छैटौँ धीरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी  र कोषाध्यक्ष सन्तोषी देवी छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १ : ३२ बजे

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

काठमाडौं– बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव

काठमाडौं– अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव

काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो

काठमाडौं – मध्य फिलिपिन्समा ११४ जनाको मृत्युको कारण बनेको काल्मेगी

जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल 

राँझा– नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम