सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न « Khabarhub

सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

प्युठान– जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना, स्वर्गद्वारी गौमुखी यातायात प्रालि र नमस्ते प्युठान यातायात प्रालि प्युठानको सहकार्यमा प्युठान नगरपालिका-७ टिकुरीस्थित बसपार्कमा ‘ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम’ बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को कानूनी व्यवस्था सम्बन्धी स्टिकर टाँस गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

यस अभियानलाई कार्यक्रममा मात्र सीमित नराखी व्यवहारमा समेत लागू गर्नुपर्ने, अधिकारको उपयोग गर्न तथा दुरुपयोग गर्न नहुने तथा यसको कार्यान्वयनमा प्रहरी प्रशासनद्वारा अभियानको रूपमा चेकजाँचको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले ज्येष्ठ नागरिक सम्बन्धी कानूनी व्यवस्था, ट्राफिक व्यवस्थापन, बसपार्क व्यवस्थापन बारे जानकारी दिँदै यसको कार्यान्वयनमा सबै सरोकारवाला निकायहरू बिच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने बताए ।

ज्येष्ठ नागरिक गेहराज शर्मा पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, संघसंस्थाका प्रमुख, यातायात व्यवस्था समितिका पदाधिकारीहरू, संचारकर्मी, ज्येष्ठ नागरिक, समाजसेवी भद्रभलाद्‍मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  २ : ४७ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण