अर्को समूहले छाड्यो जसपा, महेन्द्र लावती नेतृत्वमा बन्यो पहिचानवादी मोर्चा | Khabarhub Khabarhub

अर्को समूहले छाड्यो जसपा, महेन्द्र लावती नेतृत्वमा बन्यो पहिचानवादी मोर्चा


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अर्को एउटा समूह बाहिरिएको छ ।

विभाजित समूहको नेतृत्व महेन्द्र पी लावतीले गरेका छन् । उक्त समूहले आफूहरूलाई पहिचानवादी मोर्चाका रुपमा अघि सारेको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूले जसपा नेपालबाट बाहिरिएर पहिचानवादी मोर्चा घोषणा गरिएको जानकारी दिएका हुन् ।

मोर्चाले पहिचानका मुद्दालाई सशक्त बनाउन विभिन्न समूहमा अलग–अलग काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता र व्यक्ति सबैलाई नयाँ शिराबाट एकताका लागि प्रयास गरिने जनाएको छ ।

केही वर्षअघि संघीय लिम्बूवान राज्य परिषद्मा रहेको यो समूह जसपामा गाभाएको थियो । जसपा नेपालबाट यही आइतबार अशोक राई नेतृत्वको अर्को समूह विभाजित भएर नयाँ दल बनाइसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : ४४ बजे

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

काठमाडौं– सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास

क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा

काठमाडौं – अल एयनलाई ६-० ले हराउँदै म्यानचेस्टर सिटी फिफा

एसीसी यु–१६ इस्ट जोन क्रिकेट : जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा