अर्को समूहले छाड्यो जसपा, महेन्द्र लावती नेतृत्वमा बन्यो पहिचानवादी मोर्चा « Khabarhub

अर्को समूहले छाड्यो जसपा, महेन्द्र लावती नेतृत्वमा बन्यो पहिचानवादी मोर्चा


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अर्को एउटा समूह बाहिरिएको छ ।

विभाजित समूहको नेतृत्व महेन्द्र पी लावतीले गरेका छन् । उक्त समूहले आफूहरूलाई पहिचानवादी मोर्चाका रुपमा अघि सारेको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूले जसपा नेपालबाट बाहिरिएर पहिचानवादी मोर्चा घोषणा गरिएको जानकारी दिएका हुन् ।

मोर्चाले पहिचानका मुद्दालाई सशक्त बनाउन विभिन्न समूहमा अलग–अलग काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता र व्यक्ति सबैलाई नयाँ शिराबाट एकताका लागि प्रयास गरिने जनाएको छ ।

केही वर्षअघि संघीय लिम्बूवान राज्य परिषद्मा रहेको यो समूह जसपामा गाभाएको थियो । जसपा नेपालबाट यही आइतबार अशोक राई नेतृत्वको अर्को समूह विभाजित भएर नयाँ दल बनाइसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : ४४ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै