कोशीमा नयाँ सरकार गठनलाई चुनौती दिँदै सर्वोच्च पुगे निवर्तमान मुख्यमन्त्री कार्की « Khabarhub

कोशीमा नयाँ सरकार गठनलाई चुनौती दिँदै सर्वोच्च पुगे निवर्तमान मुख्यमन्त्री कार्की


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च पुगेका छन् ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनले सर्वोच्चमा रिट हालेका हुन् ।

कार्कीले नयाँ सरकार गठनको आह्वान बदर गरेर मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गरेका छन् ।

मुख्यमन्त्री कार्कीका विरुद्ध एमाले–माओवादीका प्रदेश सभा सदस्यहरूले प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गराएका थिए ।

संकल्प प्रस्ताव पारित भएपछि मुख्यमन्त्री कार्कीले विश्वसको मत लिएनन् ।

मुख्यमन्त्री कार्कीका अनुसार संविधानको धारा १६८ (५) बमोजिम बनेको सरकारलाई विश्वासको मत पाएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन ।

उनी यसअघि उपधारा ५ बमोजिम मुख्यमन्त्रीका नियुक्त भएका हुन् । उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदा दलको समर्थन नभएर व्यक्तिको समर्थन हुने, व्यक्तिको समर्थन फिर्ता लिन नमिल्ने मुख्यमन्त्री कार्कीले जिकिर गरेका छन् ।

नयाँ सरकार गठनका लागि बाटो खोल्ने प्रदेश प्रमुखको निर्णयलाई कार्कीले सर्वोच्चबाट चुनौती दिएका हुन् ।

कार्की २०८० कात्तिकमा एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर फागुन २१ गते एमाले र माओवादी मिलेपछि कार्कीको सत्ता बहिर्गमन निश्चित जस्तै थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : ५९ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव