दुर्गा प्रसाईका कार्यकर्ताद्वारा दुईवटा बैंकका शाखामा तोडफोड « Khabarhub

दुर्गा प्रसाईका कार्यकर्ताद्वारा दुईवटा बैंकका शाखामा तोडफोड


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

झापा- दुर्गा प्रसाईंका कार्यकर्ताहरूले झापाको बिर्तामोडमा बिहीबार दुईवटा बैंकका शाखा कार्यालयमा तोडफोड गरेका छन् ।

‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ अभियान’अन्तर्गत बिर्तामोडमा आयोजित र्‍यालीमा सहभागी करिब १५ जनाको समूहले ती दुई बैंकको शाखा कार्यालयमा ढुंगामुढा गरेर तोडफोड गरेका हुन् ।

बिर्तामोडमा बिहीबार उक्त अभियानको युवा संगठन नागरिक युवा दस्ताले जुलुस निकालेको थियो ।

बिर्तामोड नगरपालिका-५ सिटी सेन्टरबाट निकालिएको र्‍याली मुक्ति चोकतिर जाँदै गर्दा ज्योति विकास बैंक र एभरेस्ट बैंकको शाखा कार्यालयमा तोडफोड गरिएको हो ।

प्रसाईं कार्यकर्तालाई बैंकको शाखा कार्यालयको शिशा फुटाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड ३ का मनकुमार तामाङ, बिर्तामोड ५ का बुलेट भन्ने अञ्जेश राई, बुद्धशान्ति गाउँपालिकाका दिपेश राई र बिर्तामोड ४ का पवन दुलाल रहेका छन् ।

दुर्गा प्रसाईंले नेपाली जनतालाई शोषणविरुद्ध भन्दै लामो समयदेखि बैंकहरूविरुद्ध आन्दोलन गरिरहेका छन् ।

यही वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले मानसिक यातना दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरी आत्महत्या गरेका थिए ।

उक्त घटनाको विरोधमा उत्रिएका प्रसाईंका कार्यकर्ताहरू बिर्तामोडका शाखामा खनिएका हुन् । करिब डेढ सयको उपस्थितिमा कालो मास्क र नेपालको झण्डासहित विरोध प्रदर्शनमा उत्रिएकामध्ये केही बैंकका शाखामाथि जाइलागेका हुन् ।

प्रदर्शनकारीहरू ज्योति बिकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। उनीहरुले एभरेष्टको शाखा रहेको घरमा ढुंगा प्रहार गर्दा १५/१६ वटा शिशा फुटेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : १९ बजे

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार