निजी लगानीकर्तालाई नेपाल भित्र्याउन नर्वे प्रयासरत छ : राजदूत ड्रामडल  | Khabarhub Khabarhub

निजी लगानीकर्तालाई नेपाल भित्र्याउन नर्वे प्रयासरत छ : राजदूत ड्रामडल 


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले आज शिष्टाचार भेट गरेकी छन् । सो अवसरमा उनीहरू बीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा  लोकतन्त्र, विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ठ मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताएको उनको सचिवालयले जनाएको छ ।

‘लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्न’, उनले भने, ‘उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–नर्वे सम्बन्धका आधार स्तम्भ हुन् । आपसी हितका लागि यी क्षेत्रहरूमा थप सहकार्य गर्नु आजको आवश्यकता हो ।’

सो अवसरमा नेपालका लागि नर्वेका राजदूत ड्रामडलले नेपाल र नर्वेबीच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै नर्वेमा पनि तीन तहको सरकार रहेको बताइन्। उनले नर्वेले हाइड्रोपावर, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले नर्वेको निजी लगानीकर्ताहरूलाई नेपाल भित्र्याउने आफू प्रयासरत रहेको बताइन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : २६ बजे

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र

कुमारी घरको छानो जीर्णोद्धार गर्न एक करोड २५ लाख

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु

आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौं– विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित