इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु | Khabarhub Khabarhub

इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्न अमेरिकी चेतावनीपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू एक्लै उभिन सक्ने बताएका छन्।

‘आवश्यक परे हामी एक्लै उभिन पनि तयार छौं,’ नेतान्याहुले भने। यस अघि अमेरिकी राष्ट्रपति जो वाइडेनले आर्टीलरी सेल सहितको सैन्य सहयोग रोक्ने कुरा बताएका थिए।

सामान्य नागरिकको ज्यान जाने खतराले अमेरिकाले सहयोग पठाउन रोकी सकेको छ।

नेतान्याहुले अमेरिकी प्रतिक्रियापछि सन् १९४८ को युद्ध स्मरण गरेका छन्। ‘सन् १९४८ मा धेरैको विरुद्धमा हामी एक्लो थियौं। हामीसँग हतियार थिएन। यसका बाबजुद हामी विजयी भएका थियौं। हाम्रो भावना र हामी भित्र रहेको बहादुरी पनका कारण हामीले सफलता पाएका थियौं ,’ नेतान्याहुले भने।

रक्षा मन्त्री युभ गालान्टले इजरायलको विरोधी र समर्थकले जे भने पनि आफू बहादुरी पूर्वक उभिने बताएका छन्। इजरायलको बम बारी र आक्रमणका कारण सोमबारसम्म ८० हजार जना रफाहाबाट विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएपछि यो प्रतिक्रिया बाहिर आएको हो।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ३७ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।