आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी « Khabarhub

आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि नवीकरण नगराई अवैध रुपमा सञ्चालित आधा दर्जन निजी स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ ।

नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको सिरहाका लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल क्लिनिक, सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिकलगायतमा शिलबन्दी गरी प्रक्रियामा आउन निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए ।

त्यसैगरी लहानस्थित मेरी गोल्ड पोलिक्लिनिक एण्ड डाईगनोस्टिक सेन्टर प्रालिलाई बन्द गराएर प्रहरी निगरानीमा राखिएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्रप्रसाद यादवको नेतृत्वमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले अवैध रुपमा सञ्चालित स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको स्वास्थ्य अधिकृत कर्णले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले गत जेठ महीनामै पत्र काटेर लहानस्थित लहान लाइफ केयर हस्पिटल प्रालि, डिभाईन हस्पिटल केयर प्रालि, फेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल प्रालि, माँ धमिनी हस्पिटल प्रालि, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि, लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर प्रालि छपराडी र सहलेश पोली क्लिनिक मिर्चैयालाई लाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो ।

ति सबै निजी स्वास्थ्य संस्थाहरु नवीकरण नगरी सञ्चालन हुँदै आएका थिए । नवीकरण समाप्त भएका स्वास्थ्य संस्थालाई दर्ता नवीकरणका लागि दुई महीनाको समय दिए पनि अटेर गरेकाले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको अधिकृत कर्णले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ८ : ४७ बजे

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता