महिलालाई आत्मनिर्भर बनाउँदै रामपुर  « Khabarhub

महिलालाई आत्मनिर्भर बनाउँदै रामपुर 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिकाले महिलालाई लक्षित गरी सीप विकासमा जोड दिएको छ । आर्थिक रूपमा महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न विविध सीप सिकाइरहेको छ । 

 नगरपालिका क्षेत्रका ४७ महिलालाई हातेझोला, टोपी, पर्सलगायत सामग्री तयार पार्ने सीप सिकाइरहेको छ । गाउँघरमा खेर जाने वस्तुको सदुपयोग गर्दै विभिन्न सामग्री तयार पार्ने सीप थालनी गरेपछि उत्साहका साथ महिला तालिममा जुटेका छन् ।

थाकलको पात र मकैका खोस्टाबाट हातेझोला, टोपी, पर्सलगायतका विभिन्न सामग्री तयार पार्ने सीप सिकाउन थालिएको नगरपालिकाका उपप्रमुख बालकुमारी थापा बताउँछन् ।

रामपुर नगरपालिकाको आयोजनामा ओम राजश्री मल्टी एग्रोको प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वनस्पतिको पोस्करबाट यहाँ एकमहिने हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी तालिम थालनी भएको छ । रामपुर नगरप्रमुख रमणबहादुर थापा महिलालाई सक्षम बनाउँदै उनीहरूको आयस्रोत उकास्न विभिन्न सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताए।

ओम राजश्री मल्टी एग्रोका कार्यकारी निर्देशक युवराज गैरेले महिलाले आफूले सीप सिकेर उत्पादन गरेको सामग्री बजारीकरणको सम्पूर्ण व्यवस्था संस्थाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रामपुर नगरपालिकाले यसअघि आयोजना गरेको  साबुन, आलु चिप्स, स्वेटर बुन्ने, सिलाइकटाइलगायत तालिमबाट यहाँका अधिकांश महिला  उद्यमी भएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : २९ बजे

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।