'भाले बास्ने' ताल जोड्ने पदमार्ग निर्माण | Khabarhub Khabarhub

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुबेसीबाट उक्त ताल जोड्ने पदमार्ग निर्माण गरेको हो । 

राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चित उक्त ताल मालिका–६मंगला–२ को सिमानामा पर्दछ । गाउँपालिकाका रोजगार सहायक मिलन शर्माले १३ लाख ५० हजार लागतमा दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण भएको जानकारी दिए । 

चालु आर्थिक वर्ष २०८०-८१ मा विनियोजन भएको रु चार लाख ५० हजार बजेटबाट सात जना सूचीकृत बेरोजगारसहित ५० जना कामदार परिचालन गरेर भीरमा सिँढीसहित पाँच सय ५० मिटर लामो पदमार्ग निर्माण भएको छ । 

यसअघि आव २०७७-७८ र आव २०७८-७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु नौ लाख बजेटबाट १.५ किमी पदमार्ग निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।  

घना जङ्गलको बीचमा दुखु लेकबाट दुखु झरना झरेको छ । झरनाको दायाँतर्फ पर्ने जङ्गलमा मालिका देवीको पुरानो मन्दिर छ । यही दुखु झरनाले मङ्गला र मालिका गाउँपालिकालाई छुट्याएको छ । दायाँतर्फ मालिका र बायाँतर्फ मङ्गला गाउँपालिका पर्दछ । दुवैतिर घना जङ्गल छ । 

झरनाको पुछारमा ताल र तालको सिरानमा मन्दिर छ । यही मन्दिरको वरिपरि बिहानको मिर्मिरेमा भाले बास्ने भएकाले दुई शताब्दीअघिदेखि यस तालको नाम नै ‘भाले बास्ने ताल’ रहेको मालिका–६ दुखुबेँसीका बासिन्दा एवं पदमार्ग निर्माण समितिका अध्यक्ष गङ्ग रोकाले बताए।

    

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १२ : ४७ बजे

पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी

‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

काठमाडौं – काठमाडौंको ‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर