छोरीकाे विवाहमा एक दर्जन सुँगुर चोरी | Khabarhub Khabarhub

छोरीकाे विवाहमा एक दर्जन सुँगुर चोरी


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने एक दर्जन सुँगुर चोरी भएको छ । गए राती अज्ञात चोर समूहले स्थानीय बदरी धनखारको छोरा श्याम सुन्दर धनखारको खोर बाट एक दर्जन सुँगुर चोरी लागेका हुन् । श्याम सुन्दरको छोरीको बिहेको अवसरमा गए राती मदिरा सहितको भोजको आयोजना गरिएको थियो ।

आफन्त, स्वजातियहरु तथा बाहिर बाट आएका कुटुम्बहरुको साथमा धनखार परिवार अबेर रातिसम्म खानपिन गरी सुतेका थिए । मध्य रातमा उनको घरभन्दा ५० मीटर पश्चिम रहेको खोरको ढोका फोडेर अज्ञात चोर समूहले १० वटा ठूलो ८० किलो भन्दा बढी वजन रहेको गर्भवती सुँगुर र दुई वटा २० किलो बराबर वजन रहेको सुँगुर चोरेर लागेको उनकी बहिनी सुगन्धी धनखारले बताएकी छिन् । आज बिहान ७ बजे घर परिवारको मानिसले खोरको ढोका खुलेको देखेर सुँगुर चोरी घटना बारे जानकारी भएको उनले बताइन् ।

चोरी भएको जानकारी पाउनासाथ घर परिवार तथा टोल छिमेकका मानिस खोजी कार्यमा जुटेका छन् तर सुँगुरको कुनै सुराक नलागेको सुगन्धले बताएकी छिन् । चोरी भएको सुँगुरको बजार मूल्य चार लाख २० हजार रुपैयाँ भन्दा बढी हुने स्थानीय रामचन्द्र गोसाईंले बताएका छन् ।

यसै बीच चोरी भएको सुँगुरको खोजी तथा अज्ञात चोर समूहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन इलाका प्रहरी कार्यालय कटहरियामा लिखित जाहेरी दरखास्त दिइसकेको उनले जानकारी दिएकी छिन्। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण कुमार सिंहले सुँगुर चोरीको घटनाको बारेमा जिल्लामा टिपोट गराई खोजतलास सुरु गरेको बताएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : १६ बजे

इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा भेटियो

मंगलबारे– इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ।

कालो रङ सुन्दर छ…!

भारतको केरलकी मुख्य सचिव (चिफ सेक्रेटरी) सारदा मुरलीधरनले कालो रङलाई

भृकुटिमण्डपमा समाजवादी मोर्चाको तयारी (तस्बिरहरू) 

काठमाडौं – नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू सम्मीलित

एमसीसी परियोजना : अमेरिकाले हात झिक्दा कति सम्भव ?

अमेरिकामा वर्तमान राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले जिम्मेवारी पाएसँगै विश्व अर्थ

सवारी दुर्घटनामा चालकको मृत्यु

मनहरी– मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना