हुन्डीको ९८ लाखसहित पक्राउ परेका युवा सुन तस्करीमा पनि संलग्न ! « Khabarhub

हुन्डीको ९८ लाखसहित पक्राउ परेका युवा सुन तस्करीमा पनि संलग्न !


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार र त्यही ठाउँका २९ वर्षीय मिलन विक रहेको कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताएका छन् ।

‘दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरू पक्राउ परेका हुन्’, भट्टराईले भने, ‘पक्राउ परेकाहरू हुन्डीसँगै तस्करीको अवैध सुन कारोबारमा पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निस्केको छ ।’

पक्राउ परेका मिलन २०८० असोज १० गते दोलखामा चीनबाट तस्करीको बाटो हुँदै आएको साढे ११ केजी अवैध सुन तस्करीमा संलग्न रहेको खुलेको छ ।

भट्टराईका अनुसार उक्त प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि उनी फरार सूचीमा थिए । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा भइरहेको खु्लेको एसएसपी भट्टराईले पत्रकार सम्मेलनमा बताए ।

प्रहरीले यी दुई युवाको साथबाट ९८ लाख रुपैयाँ बरामद भएको छ । त्यस्तै उक्त रकम बोक्न प्रयोग भएको बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडीसमेत बरामद गरिएको भट्टराईले बताए ।

पक्राउ परेकाहरू दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : ४१ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक