गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाब इजराइलद्वारा अस्वीकार « Khabarhub

गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाब इजराइलद्वारा अस्वीकार


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

तेल अभिव – गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले ‘बाध्य’ पारिए इजराइल हमासविरुद्धको युद्धमा ‘एक्लै खडा’ हुने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी गाजा सहर रफाहमा इजराइलले लामो समयदेखि गरेको आक्रमणका लागि अमेरिकाले आक्रामक हतियार उपलब्ध नगर्ने बताएपछि नेतान्याहुले यस्तो टिप्पणी गरेका हुन् ।

“एक मात्र यहुदी राज्य इजराइलको प्रधानमन्त्रीका रूपमा म आज यहाँ जेरुसेलमबाट यहुदी नरसंहार स्मरण दिवसमा प्रतिज्ञा गर्दछु, यदि इजराइल एक्लै खडा हुन बाध्य भयो भने इजराइल एक्लै खडा हुनेछ”, नेतान्याहूले भने, “तर हामीलाई थाहा छ कि हामी एक्लो छैनौँ, संसारभरका सभ्य मानिसहरूले न्यायपूर्ण उद्देश्यलाई समर्थन गर्छन्, हामी हाम्रा नरसंहारक दुश्मनहरूलाई हराउने छौँ ।”

उनले ८० वर्षअघि यहुदीहरू रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र उनीहरूको सहायताका लागि नआएको बताए ।

“आजभन्दा ८० वर्षअघि यहुदी नरसंहारमा हाम्रो विनाश खोज्नेहरूविरुद्ध यहुदी जनता पूर्णरूपमा रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र हाम्रो सहयोगमा आएनन्”, मुलुकको वार्षिक यहुदी नरसंहार स्मृति दिवसलाई सम्बोधन गर्दै उनले भने, “आज हामी पुनः हाम्रो विनाशमा आएका दुश्मनहरूको सामना गरिरहेका छौँ, म विश्वका नेतालाई भन्छु कुनै पनि दबाब र कुनै पनि अन्तर्राष्ट्रिय मञ्चको कुनै पनि निर्णयले इजराइललाई आफ्नो रक्षा गर्न रोक्न सक्तैन ।”

नेतान्याहुले एक्लै खडा हुनुपरे एक्लै खडा हुने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक भएमा आफ्नै बलबुताले लड्ने बताए । योम हासोह त्यस्तो दिन हो जुन दिन इजराइलले नाजी जर्मनी र यसका सहयोगीहरूद्वारा यहुदी नरसंहारमा मारिएका ६० लाख यहुदीको स्मृतिका रूपमा मनाउँछ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजामा द्वन्द्वको बीजारोपण भएको थियो । हमासको आक्रमणमा करिब दुई हजार पाँच सय लडाकूले गाजा पट्टीबाट इजराइलको सीमा पार गरेर सर्वसाधारणको हत्या गरेका थिए भने केहीलाई बन्धकसमेत बनाएका थिए ।

त्यसयता नै इजराइलले गाजा आक्रमणलाई नागरिक हताहत कम गर्ने प्रयास गर्दै हमास समूहलाई उन्मूलन गर्ने लक्ष्यका साथ हमासको पूर्वाधारलाई लक्षित गरेको बताएको छ ।

मे ५ मा हमासले रफाह सीमा क्रसिङ क्षेत्रबाट र विस्थापित प्यालेस्टिनीहरूले तम्बुमा शरण लिइरहेका क्षेत्र नजिकैबाट रकेट प्रहार गरेको थियो । हमासको आक्रमणले केरेम शालोम सीमा क्रसिङलाई लक्षित गरी चार सैनिकको ज्यान लियो ।

सबै गाजा सीमा क्रसिङमध्ये केरेम शालोम सबैभन्दा धेरै मानवीय सहायता ट्रकहरू ह्यान्डल गर्न सुसज्जित भए पनि आक्रमण भएदेखि क्रसिङ बन्द गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : १४ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको