कांग्रेसले संसदीय दलको बैठक बसेर संसद् अवरोधबारे थप निर्णय लिने « Khabarhub

कांग्रेसले संसदीय दलको बैठक बसेर संसद् अवरोधबारे थप निर्णय लिने


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा गरेको अवरोधलाई तत्काल नरोक्ने निर्णय गरेको छ । तर राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका  सन्दर्भमा भने आइतबार या सोमबार संसदीय  दलको बैठक बसेर निर्णय गर्ने बताएको छ । 

आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय गरेको कांग्रेस सहमहामन्त्री बन्द्रीप्रसाद  पाण्डेले बताए । 

कांगेसले यसबारे थप निर्णय लिन सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ ।

उनले खबरहबलाई भने, ‘हामी छानबिन समिति नबनेसम्म ब्याक हुँदैनौँ भन्ने आजको बैठकको निष्कर्ष छ । तर संसदीय दलको बैठक भोलि या पर्सि बसेर थप छलफल गर्ने छ ।’ 

उनले अगाडि भने, ‘यो चानचुने कुरा होइन । कसरी ब्याक हुनु र ? गृहमन्त्री सहकारी प्रकरणमा मुछिएको कुरालाई सरकारले लुकाइरहेको छ । यसरी त हामी कहाँ चल्न  दिन्छौँ । सरकार गैर जिम्मेवार भएर हुन्छ र ?’ 

शुक्रबार संसद् बैठक सकिएपछि सभामुख र सत्ता पक्षका नेताहरूले अवरोध हटाउन कुनै छलफल नगरेको पाण्डेको भनाइ छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सांसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। सो बेला कंग्रेसले संसद् अवरोध नगर्ने विषयमा छलफल गरिरहेको छ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् बैठक अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : १५ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस