कांग्रेसले संसदीय दलको बैठक बसेर संसद् अवरोधबारे थप निर्णय लिने « Khabarhub

कांग्रेसले संसदीय दलको बैठक बसेर संसद् अवरोधबारे थप निर्णय लिने


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा गरेको अवरोधलाई तत्काल नरोक्ने निर्णय गरेको छ । तर राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका  सन्दर्भमा भने आइतबार या सोमबार संसदीय  दलको बैठक बसेर निर्णय गर्ने बताएको छ । 

आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय गरेको कांग्रेस सहमहामन्त्री बन्द्रीप्रसाद  पाण्डेले बताए । 

कांगेसले यसबारे थप निर्णय लिन सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ ।

उनले खबरहबलाई भने, ‘हामी छानबिन समिति नबनेसम्म ब्याक हुँदैनौँ भन्ने आजको बैठकको निष्कर्ष छ । तर संसदीय दलको बैठक भोलि या पर्सि बसेर थप छलफल गर्ने छ ।’ 

उनले अगाडि भने, ‘यो चानचुने कुरा होइन । कसरी ब्याक हुनु र ? गृहमन्त्री सहकारी प्रकरणमा मुछिएको कुरालाई सरकारले लुकाइरहेको छ । यसरी त हामी कहाँ चल्न  दिन्छौँ । सरकार गैर जिम्मेवार भएर हुन्छ र ?’ 

शुक्रबार संसद् बैठक सकिएपछि सभामुख र सत्ता पक्षका नेताहरूले अवरोध हटाउन कुनै छलफल नगरेको पाण्डेको भनाइ छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सांसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। सो बेला कंग्रेसले संसद् अवरोध नगर्ने विषयमा छलफल गरिरहेको छ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् बैठक अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : १५ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै