खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री राई « Khabarhub

खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री राई


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीनरूपमा अन्त्य गरिने बताएका छन् । आज सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री राईले पिउने पानीको  अभाव सधैँका लागि अन्त्य हुनेगरि सरकारले काम गरिरहेको बताएका हुन्  ।

मन्त्री राईले देशका कतिपय ठाउँमा अझै  खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नेपालीमाझ स्वच्छ खानेपानी पुर्‍याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको जानकारी दिए। पिठ्युँमा पानी बोक्नुपर्ने दिनको अन्त्य गर्नेगरी आफू मन्त्रीमा नियुक्त भएदेखि काम गरिरहेको उनको भनाइ छ । 

‘पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यताको चाँडै अन्त्य हुन्छ । घरघरमा धारा लगेर सबै नेपालीलाई स्वच्छ पानी खुवाउन सरकारले काम गरिरहेको छ’, मन्त्री राईले भने, ‘खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था हुन्छ । स्रोतको सदुपयोगमा उपभोक्ता समिति, आमनागरिक र सबै सरोकारवाला सचेत हुनुपर्छ ।’ आफूले उपभोग गर्ने खानेपानी आयोजनाको संरक्षण र सरसफाइमा सरकारको मुख नताकी उपभोक्ता आफैँले काम गर्नुपर्ने मन्त्री राईको भनाइ थियो ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको सुक्खाग्रस्त क्षेत्रमा खानेपानीको समस्या रहेकाले बजेट व्यवस्था गरिदिन मन्त्री राईलाई आग्रह गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद यज्ञराज सुनुवारले ओखलढुङ्गामा संघीय खानेपानी आयोजनाको कार्यालय नहुँदा खानेपानीका ठूला आयोजना सञ्चालन नभएको बताए । उनले संघीय खानेपानी कार्यालय स्थापना गर्न मन्त्री राईलाई अनुरोध गरे । आफू सांसद हुँदा जिल्लामा सुरु भएका खानेपानी आयोजनामा बजेट नहुनु र नयाँ योजना ल्याउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो । 

कार्यक्रममा सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य मानवीर राई, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, स्थानीय उपभोक्तालगायत सहभागी थिए।

ओखलढुङ्गामा सह-लगानी अन्तर्गत संघीय सरकारको आठ करोड ६४ लाख ८० हजार सात सय ६५, उपभोक्ताको नगद लगानी एक करोड २३ लाख ५४ हजार तीन सय ९५ र उपभोक्ताको दुई करोड ४७ लाख आठ हजार सात सय ९० बराबरको श्रमदान गरी कूल १२ करोड, ३५ लाख ४३ हजार नौ सय ५० लाख लागतको योजना सञ्चालन गरिएको थियो ।

योजना लागत अनुमानभन्दा कम खर्चमै सम्पन्न भएको छ । सगरमाथा घिमिरे निर्माण सेवाले सात करोड ७८ लाख २५ हजार एक सय ६८ रुपैयाँ ४७ पैसामा ठेक्का लिएको थियो । विसं २०७५ असार २५ देखि सुरु भएको योजनाको काम २०८० असारमा सम्पन्न भएको थियो ।

 सह-लगानी खानेपानी योजना सञ्चालन भएपछि ओखलढुङ्गा सदरमुकाम क्षेत्रमा खानेपानी समस्या समाधान भएको योजनाका सचिव रुपेश शाक्यले बताए । विगतमा सदरमुकाममा खानेपानीको समस्या थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ४ : २८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा