निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित « Khabarhub

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित भएका छन् ।

शनिबार भएको मतदानमा अर्का उम्मेदवार कृष्ण पाख्रिनलाई तीन मतको झिनो अन्तरले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित थापाले ९० मत प्राप्त गर्दा पाख्रिनले ८७ मत ल्याए ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा छविलाल तामाङ निर्वाचित भएका छन् । तामाङले एक सय २ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी हरिबहादुर श्रेष्ठले ७३ मत पाए । प्रथम उपाध्यक्षमा ९४ मतसहित ईन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।

यसैगरी, तृतीय उपाध्यक्षमा ६५ मतसहित रमेश तामाङ निर्वाचित भएका छन् । यस्तै सचिवमा निर्वाचि भएका रोशन श्रेष्ठ ९२ मत प्राप्त गरे । भने कोषाध्यक्षमा गणेशबहादुर थापा एक सय एक मतसहित निर्वाचित भएका छन् ।

निर्माण व्यवसायी संघको महासचिव, द्धितीय उपाध्यक्ष र सहकोषाध्यक्ष भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । महासचिवमा लालबहादुर तमाङ, द्धितीय उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा विष्णुप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका हुन् ।

संघको नयाँ नेतृत्व चयनका भएको निर्वाचनमा १ सय ७९ मत खसेको थियो । कुल मतदाताको संख्या एक सय ९२ रहेको समितिका सदस्य गोकर्ण प्रसाद भण्डारीले जानकारी दिए । संघको सदस्य तर्फ बरिष्ठ उपाध्यक्ष तर्फ भिष्मप्रकाश खड्का, प्रलाद कार्की बिदुर, रोशन काफ्ले लगायत १२ जना सदस्य निर्वाचित भएका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : १० बजे

विजय र स्वस्तिमा उत्कृष्ट घोषित

काठमाडौँ- छायाछवी क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्डको १७

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

बागलुङ– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन ९मोडिफाइ० गरी

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज– बाँकेको नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ– आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको

रविको भारत भ्रमण : कूटनीतिक अग्निपरीक्षा र भू-राजनीति

नेपालको राजनीतिमा जहिले पनि एउटा बहस रहँदै आयो, सिंहदरबारको सत्ता