स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडको फराकिलो जित


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा उपाधि पक्का गरिसकेको रियल मड्रिडले आफ्नो अग्रतालाई झनै बढाएको छ ।

गएराति भएको खेलमा ग्रानाडालाई ४–० गोलले हराउँदै रियल मड्रिडले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ ।

रियलका लागि ब्राहिम डीयाजले दुई तथा फ्रान गार्सिया, आर्डा गलेरले एक–एक गोल गरेका थिए ।

खेलको ३८औँ मिनेटमा गार्सियाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गुलेरले गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि खेलको ४९औँ तथा ५८औँ मिनेटमा डीयाजले गोल गर्दै रियल मड्रिडलाई ४–० गोलको जित दिलाए ।

यो जितसँगै ३५ खेलबाट ९० अंक जोडेको रियल मड्रिड शीर्षस्थानमा छ । पराजित भएको ग्रानाडाको २१ अंक छ । यस्तै, दोस्रो स्थानमा रहेको जिरोनाको ७५ अंक छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : १४ बजे

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु