भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन « Khabarhub

भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले भेरी करिडोरका निर्माणाधीन पुल तथा सडकको निरीक्षण गरेका छन् ।

करडोरका १३ वटा पुल तथा तीन सय १६ किलोमिटर सडकखण्डमध्ये ५६ किलोमिटर क्षेत्रमा भइरहेको कामको जानकारी लिनुका साथै निर्माण व्यवसायीलाई काममा तीव्रता दिन मन्त्री बुढाले निर्देशन दिए ।

उनले निर्माण व्यवसायीलाई ताकेता गरी काममा फर्काउन भेरी करिडोर आयोजनाका प्रमुख सुनिल रञ्जितकारलाई निर्देशन दिएका हुन् ।

निर्माणाधीन तल्लुस्थित पुल लामो समयदेखि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको गुनासो बढिरहेकामा मन्त्री बुढाले मन्त्रालयका सचिव, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई एकै ठाउँमा राखेर छलफल गरे ।

डोल्पाको दुनैबाट उपल्लो डोल्पाको तिन्जे लासिक्यापसम्म सडक निर्माण गर्न ठेक्का लागे पनि काम सन्तोषजनक नभएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ९ : ५७ बजे

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य