देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री « Khabarhub

देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद्मा गतिरोध कायम रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरेका छन् ।

आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

खासगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लिएर संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्दोलित छ । त्यहीकारण संसद्का दुवै सदन अघि बढ्न सकेका छैनन् ।

उता सरकारले यही जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि ल्याउँदैछ ।

कांग्रेसको अवरोधका कारण नीति तथा कार्यक्रम संसद्‍का दुवै सदनमा वाचन गर्न पनि राष्ट्रपतिलाई अप्ठेरो पर्ने अवस्था छ ।

यद्यपि कांग्रेसले राष्ट्रपति संसद्‍मा आउँदा कुनै अवरोध नगर्ने जनाएको छ । आइतबार मात्रै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखकसहितसँग संवाद गरेका थिए ।

उक्त संवादमा सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन सरकार सकारात्मक रहेको कांग्रेस सचेतक लेखकले बताएका थिए ।

तर संसदीय छानबिन समिति उपप्रधानमन्त्री लामिछानेकेन्द्रित बनाउने कि सबै घटनाबारे अध्ययन गर्ने विषयमा कुरा मिल्न सकेको छैन ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : ०४ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि