बालीका तस्वीर ‘लिक’ नहुनुपर्ने थियो, भयो: साम्राज्ञी « Khabarhub

बालीका तस्वीर ‘लिक’ नहुनुपर्ने थियो, भयो: साम्राज्ञी


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । केही हप्ताअघि साम्राज्ञी आफ्ना ब्यायफ्रेण्ड देवांश राणासँग इन्डोनेसियाको बाली विदा मनाउन पुगेकी थिइन् । बालीमा उनले रोमान्स गरेका तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरिन् ।

बालीमा साम्राज्ञीले विदा मनाउने क्रममा केही त्यस्ता तस्वीर पनि सार्वजनिक भए, जुन तस्वीर उनका फ्यानलाई पचाउन गाह्रो भयो । आफ्ना ब्यायफ्रेन्डले साम्राज्ञीलाई शरीरका विभिन्न अंगमा चुम्बन गरेका तस्वीर बाहिरिए । ती तस्वीरले उनलाई एकाएक विवादमा ल्यायो ।

यता साम्राज्ञीले भने अरुका कारण विवादमा आउनुपरेको बताएकी छिन् । एक अन्तर्वार्ता क्रममा साम्राज्ञीले भनिन्, ‘जसले पोस्ट गरेको हो, उसले नै विवादमा ल्याएको हो, ती तस्वीरहरु खासमा मैले पोस्ट गरेको होइन ।’

उनका अनुसार यी तस्वीर कसैले उनको या ब्रायफ्रेण्डको आइडी ह्याक गरेर ती तस्वीर सार्वजनिक गरेको हुनसक्ने बताइन् । उनले ती तस्वीर त्यसरी सार्वजनिक गर्न नहुने धारणा राखिन् ।

त्यसो त साम्राज्ञी यसअघि पनि व्यक्तिगत जीवनका कारण धेरैपटक विवादमा परेकी थिइन् । चलचित्र ‘कायरा’ रिलिजका क्रममा पनि साम्राज्ञीको गोप्य अंगमा ट्याटु खोपाएको एक तस्वीर ‘लिक’ भएको थियो । त्यसपछि साम्राज्ञी विवादमा तानिएकी थिइन् ।

‘बालीका तस्वीरहरु ब्यायफ्रेण्डले मेरो प्राइभेट आइडीमा पठाएको थियो, म आफैले दुनियाँलाई हेर् भने सार्वजनिक गरेकी होइन, ती तस्वीर कसैले ह्याक गरेर या कुनै माध्यमबाट पाएर सार्वजनिक गरिदिएको हो,’ साम्रज्ञीले भनिन्, ‘यही काण्डले गर्दा ब्यायफ्रेण्डले अहिले पनि गाली खानुपरेको छ ।’

उनले आफ्नो पनि व्यक्तिगत जीवन भएको र व्यक्तिगत जीवनलाई अरुले विवादमा नल्याउन आग्रह गरिन् । उनले यो क्षेत्रमा रहेका धेरैले आफ्ना खुट्टा तान्न खोजेको समेत बताइन् । उनले अन्तर्वार्ताका क्रममा भनिन्, ‘यो क्षेत्रमा मेरो कोही छैन, म आफ्नै सङ्घर्षले यहाँ छु, कोही छन्, जसले मलाई बारम्बार विवादमा ल्याउन चाहन्छ ।’

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १२ : ०७ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले