नेपाली चलचित्र ‘रावायण’का तीन गीतमा भारतीय कलाकारको स्वर « Khabarhub

नेपाली चलचित्र ‘रावायण’का तीन गीतमा भारतीय कलाकारको स्वर


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘रावायण’को तीन गीतमा भारतीय कलाकारले स्वर दिएका छन् ।

उक्त चलचित्रको शीर्षसहित अन्य दुई गीतमा भारतीय गायकगायिकाहरु नकासा अजिज, कुनाल गान्जावाला र सोनु कक्करले आवाज दिएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक थापाका अनुसार उनीहरुले भारतमा नै गीत रेकर्ड गराएका हुन् । उनले भने, ‘हामीले मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेर भारतीय गायकगायिकमार्फत गीत रेकर्ड गरेका हौं । यसले संगीतको गुणस्तर पनि उत्कृष्ट हुन्छ भन्ने हो ।’

भारतीय संगीतकार रेवन सिंह र निरज सिंह सिंहले यी गीतमा संगीत भरेको बताइएको छ । फिल्मको शीर्ष गीतमा गायक तथा संगीतकार नकासा अजिजको स्वर रहेको छ ।

उनले सलमान खान, सहिद कपुर, अमिताभ बच्चनलगायतका अभिनेताहरुको फिल्ममा स्वर दिएका छन् । अजिजका चर्चित गीतहरुमा सेल्फी लेले रे, सारी के फल से, नाँच मेरी जानलगायत हुन् ।

त्यस्तै, फिल्मको ‘रोमान्टिक’ गीतमा कुनाल गान्जावालाले स्वर दिएका छन् । उनी भिघे ओठ तेरे, दुपट्टा तेरालगायत चर्चित गीतका गायक हुन् । ‘आइटम’ गीतमा भने गायिका सोनु कक्करले स्वर दिएको निर्माण पक्षले जनाएको छ । उनी भारतको व्यस्त गायिका मध्येमा पर्छिन् ।

‘रावायण’मा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्ने यस निर्देशक थापा र नायिका शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : १४ बजे

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र