अमेरिकाले रिजेक्ट गरिदियो सन्दीप लामिछानेको भिसा « Khabarhub

अमेरिकाले रिजेक्ट गरिदियो सन्दीप लामिछानेको भिसा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन अस्वीकार  गरेको छ । वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जान लागेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो ।

सन्दीप मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाको निवेदन दिन गएका थिए । तर, अमेरिकाले उनलाई भिसा दिन अस्विकार गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले पनि सन्दीपको भिसा अस्वीकार भएको पुष्टि गरेका छन् । सन्दीपले सामाजिक संजाल ट्वीटरमा अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै नेपाल सरकारलाई गुहारेका छन् ।

उनले आफु सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको उल्लेख गर्दै ट्वीट गरेका हुन् । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत विभिन्न उच्च पदस्त व्यक्तिहरुलाई ट्वीट मेन्सन समेत गरेका छन् ।

सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ । सन्दीपले यस सिजन बार्बाडोस ट्रिडेन्टबाट सीपीएल खेल्ने छन् ।

 

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ११ : ४७ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्