उपेन्द्रको राजीनामापछि अशोकले भने, ‘अब मधेसबाट पनि उहाँहरूलाई बिदा गर्छौँ’ « Khabarhub

उपेन्द्रको राजीनामापछि अशोकले भने, ‘अब मधेसबाट पनि उहाँहरूलाई बिदा गर्छौँ’


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनमा मिसिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दुई महिनमै केन्द्र सरकारबाट बिदा भएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सत्ता गठबन्धन ढालेर नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेको आरोप लागेका उनले एकसाथ पार्टी विभाज र सत्ताबाट बहिर्गमनको पीडा खेप्नु परेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मिलेर नयाँ सत्ता समीकरणको खेलमा लागेको आरोपको खण्डनसमेत गर्न नपाई उनले पार्टी विभाजनको पीडा भोग्न बाध्य भए ।

अमेरिकामै रहेका बेला जसपा विभाजनको पीडा खेपेकाे उनले सोमबार संघीय सरकारबाट बिदा लिएका छन् । उता मधेसमा पनि उनी नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । जहाँबाट जसपाका सरोजकुमार यादवले सत्ताबाट हात धुने निश्चित भएको छ । उता एमालेका सरोज यादव मुख्यमन्त्रीका लागि तम्तयार भइसकेका छन् ।

यसबीचमा गत आइबार जसपा विभाजन गरेर नयाँ जसपा बनाएका अध्यक्ष अशोक राईले अब मधेसबाट पनि उपेन्द्र यादवलाई बिदा गरिने बताए ।

राईले जसपा नेपाललाई मधेस सरकारबाट पनि बिदा गर्नुको विकल्प नभएको बताएका छन् ।

यादवले केन्द्र सरकारबाट बिदा लिएपछि सोमबार खबरहबसँग कुरा गर्दै अध्यक्ष राईले अब मधेसमा पनि जसपा नेपालले तत्काल सरकार छाडेर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

उनले भने, ‘आफ्नै सरकारविरुद्ध षड्यन्त्र रचेपछि कहाँ हुन्छ र? अल्पमतमा परिसकेकाले मधेसबाट पनि उहाँहरूले बिदा लिनुपर्छ ।’

राईले उपेन्द्र यादवले छाडेको स्वास्थ्य मन्त्रालय पनि आफूहरूको भागमा आउने दाबी गरेका छन् । उनले भने, ‘यसबारे हामी प्रधानमन्त्रीसँग छलफलमा छौँ ।’

उनले मधेस प्रदेशका ५ भन्दाबढी प्रदेश सदस्य आफू नेतृत्वको जसपामा खुल्ने दाबी गरे । ‘सनाखत भएको बेला साथीहरू आउनुहुन्छ’, राईले भने, ‘अहिले हल्ला नगरिएको मात्रै हो ।’

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : १३ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई