ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र « Khabarhub

ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिकाको मानेपानीदेखि स्वाँरा–नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने सडक ट्रयाक खुलेको झण्डै ३६ वर्षपछि कालोपत्र भएको छ । विसं २०४५ मा ट्रयाक खुलेको १० किलोमिटर सडकखण्डमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर दीपक बस्नेतले जानकारी दिए ।

नारेश्वर–निवेल–ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने सो सडकखण्ड कालोपत्रका लागि रु २५ करोड ६३ लाखमा ठेक्का सम्झौता भएको थियो । विसं २०७६ मा उक्त सडकखण्ड कालोपत्र गर्न कार्यालयले रौताह–पिके–गोरखा जेभीसँग सम्झौता गरेको उनले बताएका छन् ।

सम्झौताअनुसार दुई वर्षअघि नै उक्त सडकखण्ड कालोपत्रको काम भइसक्नुपर्ने भए पनि ढिलोगरी काम सम्पन्न भएको इञ्जिनियर बस्नेतले बताए । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले विनियोजन गरेको बजेटमार्फत सडक कालोपत्र गरिएको उनको भनाइ छ ।

बर्खाका बेला हिलाम्य र हिउँका बेला धुलाम्य हुने सडक कालोपत्र भएपछि स्थानीयलाई आवतजावतमा सजिलो भएको छ । सडक कालोपत्र भएपछि यात्रा अवधि पनि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुलोबाट मुक्ति मिलेको गोरखा–३ नारेश्वरका स्थानीय कुमार थापाले बताए। त्यस्तै स्थानीय कृषिउपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको स्थानीयले बताएका छन् । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १ : १९ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको