मधुमेह भएको छ ? यी हुन् नियन्त्रणका उपाय « Khabarhub

मधुमेह भएको छ ? यी हुन् नियन्त्रणका उपाय


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय मधुमेहका बिरामीहरु बढ्दै गएका छन् । मधुमेहले शरीरका हरेक कोशिकालाई नकारात्मक प्रभाव पार्ने गर्छ । मधुमेहको मुख्य कारण जीवनशैलीमा व्यायामको कमी, धेरै गुलिया, चिल्लो तथा उष्ण भोजन हो । योग र खानपानमा सुधार गरे प्रारम्भिक मधुमेह धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । मधुमेह नियन्त्रणका लागि विभिन्न जडिबुटी सेवन गर्दा पनि फाइदा हुन्छ ।

जामुनको बियाँ
जामुन अथवा जमुनाको सुकेको बिउलाई धुँलो बनाएर मनतातो पानीसँग खानाले मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

तेजपत्ता
यो नेपाली भान्छामा नछुट्ने मसाला मध्ये एक हो । यसलाई खानामा नियमित समावेश गरे मधुमेहका रोगीलाइ लाभ हुन्छ ।

करेलाको रस
करेलाको रस पनि मधुमेहका बिरामीका लागि निकै उपयोगी हुने आयुर्वेदमा उल्लेख छ । २० मिलिलिटर करेलाको जुस हरेक दिनको भोजनमा समावेश गर्दा उत्तम हुन्छ ।

बेसार
बेसार आफैमा एक औषधि हो । यसको नियमति प्रयोगले मधुमेह घटाउन निकै मद्दत गर्छ ।

मेथी
मधुमेहका बिरामीले मेथीको धुलो बनाएर नियमित एक चम्चाको दरले सेवन गर्दा रगतमा चिनीको मात्रा घट्छ भने सामान्य मानिसले पनि नियमित सेवन गर्दा मधुमेह लाग्ने जोखिम कम हुन्छ ।

हर्रो
हर्रो पनि मधुमेह नियन्त्रणका  दैनिक सेवन गरेमा धेरै फाइदा मिल्छ ।  टर्रो रस भएका जति पनि खानेकुरा, फलफूल तथा जडिबुटी छन्, ती सबै मधुमेह नियन्त्रणका लागि निकै उपयोगी हुन्छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ३ : ३० बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद