राजीनामा दिनुअघि महन्थलाई भेट्न पुगेका उपेन्द्रले पाएनन् लोसपाको साथ  « Khabarhub

राजीनामा दिनुअघि महन्थलाई भेट्न पुगेका उपेन्द्रले पाएनन् लोसपाको साथ 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारबाट बाहिरिनु अगाडि उपेन्द्र यादवले महन्थ ठाकुरको घरमै पुगेर भेटेका छन् । 

सोमबार बिहान ठाकुरको घरमा पुगेर उपेन्द्रले आफूलाई साथ दिन भनेका थिए, तर महन्थले विगतमा उपेन्द्रले आफूलाई गरेको घात सम्झदै साथ नदिने बताएको महन्थको सचिवालयले बताएको छ । 

बिहान ८ बजे तिर भएको भेटमा अध्यक्ष यादवले मधेस प्रदेशको सरकारमा सहयोग गर्न समेत आग्रह गरे । जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि सो सरकार अहिले अल्पमतमा परेको छ । 

कांग्रेस, एकीकृत समाजवादी र लोसपाले साथ दिए जसपा नेतृत्वको सरकार जोगिन सक्ने अवस्था देखेर उपेन्द्र ठाकुरसँग सहयोग माग्न पुगेका हुन् ।

यता ठाकुर पक्ष एमाले, जनमत र नेकपा एकीकृत समाजवादीसँग नजिकिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १ : ५९ बजे

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला