इराकद्वारा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान « Khabarhub

इराकद्वारा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमानडौं – इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (युएनएएमआई) को सञ्चालन समाप्त गर्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको कार्यालयले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रद्वारा गठित स्वतन्त्र रणनीतिक समीक्षा टोलीको निष्कर्षका आधारमा इराकले युएनएएमआईलाई सन् २०२५ सम्म सहयोग मिसन समाप्त गर्नका लागि गरेको अनुरोध पर्याप्त समयरेखा हुने उल्लेख छ ।

विज्ञप्तिमा इराकी सरकारले इराकको अनुरोध र स्वतन्त्र रणनीतिक समीक्षा टोलीको सिफारिसको जवाफमा मे महिनाको अन्त्यसम्ममा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको अपेक्षा गरिएको जनाएको छ । 

इराकी सरकारको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को सन् २००३ मा स्थापना गरिएको युएनएएमआई विशेष राजनीतिक मिसन हो । समावेशी, राजनीतिक संवाद, राष्ट्रिय र सामुदायिक स्तरमा मेलमिलाप अगाडि बढाउनु, इराकको सरकार र जनतालाई सल्लाह, समर्थन र सहयोगको गर्नु यसको प्राथमिकता हो । 

यसले चुनावी प्रक्रियामा पनि सहयोग गर्ने, इराक र छिमेकीबीचको क्षेत्रीय संवादलाई सहज र मानव अधिकारको संरक्षण र न्यायिक र कानुनी सुधारको लागि प्रवर्द्धन गर्दै आएको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ०३ बजे

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।

टोखामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू)

काठमाडौं– टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३