संसदमा बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल (सूचीसहित) « Khabarhub

संसदमा बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल (सूचीसहित)


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मंगलबार बिहान ११ बजे संघीय संसद भवनमा नीति तथा कार्यक्रमको रिहर्सल हुने भएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको निजी सचिवालयका अनुसार संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल हुन लागेको हो।

त्यस लगत्तै सभामुख देवराज घिमिरेले १२ः३० बजे दलक प्रमुख सचेतकसँग छलफल गर्ने छन्। यो छलफल सभामुखको कार्यकक्ष संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ।

दिउँसो १ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। समिति बैठक संघीय संसद भवनको शंकर हल नयाँ बानेश्वरमा बस्ने सभामुखको सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

दिउँसो ३ बजे संयुक्त सदनको बैठक बस्नेछ भने साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिरहेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहानै संसदीय दलको बैठक बोलाएको छ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ८ : ३५ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको