अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा « Khabarhub

अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाका प्रवेशाज्ञा (भिसा)का लागि आवेदन दिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्ततः भिसा पाएका छन् ।

पहिलोपटक आवेदन गर्दा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले मंगलबार पुनः बोलाएर सन्दीपलाई भिसा दिएको हो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीपले अमेरिकाको भिसा अप्लाइ गरेका थिए ।

तर, नेपालस्थित अमेरिकी दूतावासले भने भिसा आवेदन रद्द गरिदिएको थियो ।

आफूले दिएको भिसा आवेदन अमेरिकी दूतावासले अस्वीकार गरेकामा आश्चर्य व्यक्त गर्दै सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसबीच दूतावासले सन्दीपलाई पुनः बोलाएर अन्तर्वार्ता लगायत (प्राविधिक) प्रक्रिया पूरा गरेर भिसा प्रदान गरेको हो ।

अमेरिकी दूतावास स्रोतले सन्दीपको भिसा अप्लाइको प्रक्रियामा केही प्राविधिक त्रुटी भएका कारण पहिलोपटकको आवेदन अस्वीकृत भएको हुनसक्ने जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  २ : २७ बजे

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक