माधव नेपाल भन्छन् : उपेन्द्र यादवलाई सरकारबाट निकालेर खेदे, हामीलाई पनि हेप्न थाले « Khabarhub

माधव नेपाल भन्छन् : उपेन्द्र यादवलाई सरकारबाट निकालेर खेदे, हामीलाई पनि हेप्न थाले


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अपमानपूर्वक सरकारबाट निकालिएको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको आठौँ बैठकलाई ललितपुरको बालकुमारीमा मंगलबार सम्बोधनका क्रममा उनले सरकारमा आफूहरूको उपस्थिति पनि दयनीय रहेको टिप्पणी गरे ।

‘हामीले केही दिन पहिले देख्यौँ । यो गठबन्धन सँगसँगै जाला कि भन्ने ठानेका थियौँ । निर्वाचनपछिको संसद् यसको अवधिभर सँगै जाला भनेका थियौँ । तर समाजवादी मोर्चाको एउटा मुख्य घटक जनता समाजवादीपार्टीलाई विभाजित गरियो’, उनले भने, ‘जसपालाई विभाजित गरिएको मात्रै होइन, सरकारबाट पनि निकालियो । आफैं राजीनामा दिएर जसपा अलग भएको होइन, सरकारबाट निकालियो, मुन्टाउने काम मात्रै भएन ।’

यदि यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए उनलाई गल्हत्याउने पनि उनले बताए । ‘उपेन्द्र यादवले राजीनामा नदिएको भए सरकारबाट गल्हत्याउँथे’, उनले भने, ‘काम छँदाको भाँडो काम सकेपछि उपेन्द्र यादव ठाँडो भए ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई प्रतिगमन भने । ‘केपी ओलीको प्रतिगमनविरुद्ध जुध्न हामी सँगसँगै अघि बढेका थियौँ ।
निर्वाचनपछि गठबन्धनको मुख्य घटक जसपा अहिले विभाजन भयो, विभाजित गरियो’, उनले भने, ‘विभाजन गरिसकेपछि अशोककुमार राईको नेतृत्वमा जनता समाजवादी पार्टी घोषणा गरियो । निर्वाचन आयोगले पनि मान्यता दियो । अब यसको छिनोफानो अदालतले गर्नेछ ।’

अध्यक्ष नेपाले सरकारमा आफूहरूको भूमिकालाई लिएर निराशा प्रकट गरे । ‘हाम्रो पार्टीलाई सरकारका निर्णय र बैठकहरूमा सहभागी गराइएको छैन । हाम्रो पार्टीलाई बेवास्ता गरिएको छ,’ नेपालले भने,‘संसद्‍को अवरोध हटाउने सन्दर्भमा हामीलाई सोधिँदैन । यी हाम्रा पीडा र वेदना हामीसँग छन् । सत्ताको निम्ति मरिहत्ते गर्ने हो कि स्वतन्त्र स्वाभिमान कायम राख्नेबारे सोच्ने बेला भएको छ ।’

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउँदा पनि आफूहरूलाई नसोधिएको बताए । ‘नयाँ नीति तथा कार्यक्रममा पनि हामीलाई सोधेका छैनन्’, उनले भने, ‘संसदीय दललाई पनि सोधेनन् । हामी कसैलाई सोधीखोजी गरेनन् । बजेट निर्माणबारे पनि कसैले सोधेनन् । त्यसैले हामीले अब सरकारबारे सोच्ने अवस्था आइसकेको छ । ’

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  २ : ५९ बजे

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न

काठमाडौं– आप्रवासनसम्बन्धी तीनदिने पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । श्रम,

प्रदीप पौडेलको प्रष्टिकरण : क्रियाशील सदस्यता डिजिटल बनाउँछौँ, पुरानो खारेज गर्न खोजिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक

खुकुरी टी-२० क्रिकेट : वैशाख ८ गतेदेखि भैरहवामा हुँदै

देवदह– रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी-२० कप क्रिकेट

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि

धुम्बाराहीमा देउवा समूहको निष्कर्ष : कांग्रेस एकता जोगाउन सानेपाले नै नेतृत्वदायी भूमिका खेलोस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव