६ जना सांसदले पार्टी फुटाउने भनेपछि आत्तिए माधव नेपाल « Khabarhub

६ जना सांसदले पार्टी फुटाउने भनेपछि आत्तिए माधव नेपाल


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले फुटको हल्लाले आफू आत्तिएको बताएका छन् ।

जनता समाजवादी पार्टी विभाजन भएसँगै आफू नेतृत्वको दल पनि विभाजन हुने हल्लाका कारण आफू निक्कै आत्तिएको अध्यक्ष नेपालले मंगलबार बताए ।

पार्टीको केन्द्रीय कमिटीको आठौँ बैठकलाई ललितपुरको बालकुमारीमा मंगलबार सम्बोधनका क्रममा उनले विभाजन रोक्न मिहिनेत गर्नुपरेको बताए ।

‘हाम्रो पार्टीका सन्दर्भमा हल्ला पनि चले, ६ जना सांसद लाँदैछन् भन्ने हल्ला मैले पनि सुनेँ। त्यसले गर्दा हामी पनि आत्तियौँ, के हो वास्तविकता भनेर छलफल चलायौँ’, उनले भने, ‘तर जति गणना गर्दा पनि कोही जाने देखिँदैन । कतिपय साथीहरूका असन्तुष्टिलाई पनि राम्रो ढंगले प्रष्ट पार्न खोजियो । चित्त बुझाउने कोसिस हुनुपर्छ । हामीले त्यही गर्‍यौँ ।’

उनले पद र शक्तिका लागि समाजवादीभित्र पनि भ्रष्टीकरण रहेको बताए । ‘हाम्रो पार्टी, कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिमा भ्रष्टीकरण छ । पदका लागि मरिहत्ते गर्ने, लोभ देखाउने समस्या छ’, उनले भने, ‘पुरानै प्रवृत्ति दोहोर्‍याउन थाले, अनुशासनहीनता र अराजकता देखाउन थाले, विचलन देखाउन थालेमा हामीलाई कसैले विश्वास गर्दैन ।’

उनले एकीकृत समाजवादी राजनीतिक भ्रष्टीकरणविरुद्ध अभियान चलाउनुपर्ने बताए । गठबन्धनको सरकार भए पनि अस्थिरताको उच्च जोखिम रहेको पनि उनले बताए।

‘अहिले नै आजै के होला भन्ने भएको छ । सुदूरपश्चिममा के होला, बागमतीमा के होला, मधेसमा के होला भन्ने भएको छ । राष्ट्रपतिलाई सम्बोधन गर्न दिन पनि मुस्किल भएको छ’, उनले भने, ‘अझ हाम्रो पार्टीलाई सरकारका ठूला छलफलमा सहभागी गराइएको छैन । हाम्रो पार्टीलाई बेवास्ता गरिएको छ । संसद्‍को अवरोध हटाउने सन्दर्भमा सोधिँदैन । यी पीडा र वेदना हामी सँग छन् । हामीलाई बजेट निर्माणबारे पनि सोधेनन् ।’

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ०९ बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका