नयाँ दल खोलेका अशोक राईसहित नेताहरू जसपा नेपालबाट निष्कासित | Khabarhub Khabarhub

नयाँ दल खोलेका अशोक राईसहित नेताहरू जसपा नेपालबाट निष्कासित


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनमा संलग्नलाई निष्कासन गरिएको छ ।

जसपा नेपालको मंगलबार र बुधबार ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवगठित जनता समाजवादी पार्टीका अध्यक्षसहित ३२ जनालाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय लिएको हो ।

यादवको अध्यक्षतामा बसेको बैठकले अशोक राईसहितका नेताहरू जनकपुरमा हुन लागेको महाधिवेशनबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।

‘उनीहरूले महाधिवेशनबाट भाग्न खोजेर पार्टी फुटाएका हु्न्’, जसपाका एक नेताले खबरहबलाई भने, ‘सातजना सांसदको अगुवाइमा ३२ जना नेताको हस्ताक्षरसहित नयाँ पार्टी खोलेकालाई कारबाहीको पत्र पठाइएको थियो । उक्त पत्रलाई केन्द्रीय कार्यकारिणती समितिले अनुमोदन गरेको छ। उनीहरू अब साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् ।’

जसपा नेपालले पार्टी फुटविरुद्ध भण्डाफोर अभियान पनि चलाउने भएको छ ।

‘तोकिएको मितिमा महाधिवेश हुनेछ । जेठ २८ र २९ गते जनकपुरमै गर्ने निर्णय भइसकेको छ’, ती नेताले भने ‘त्यसकै तयारीमा जुट्न पार्टी पंक्तिलाई आह्वान गरिएको छ । उनीहरूले विचार र सिद्धान्त नमिलेर पार्टी फुटाएको होइन । महाधिवेशनबाट भाग्न खोजेर पार्टी फुटाएको हो। पार्टी फुटविरुद्ध भण्डाफोर अभियान सुरु हुन्छ ।’

 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १ : ३३ बजे

प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित

काठमाडौं – प्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएजी)ले

इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा

कोप-३० : अमेरिकाले कुनै पनि उच्च अधिकारीलाई नपठाउने

वासिङ्टन – अमेरिकाले यसै महिनाको अन्त्यमा ब्राजिलमा हुने कोप-३० जलवायु

कमजोर बन्दै ‘मोन्था’ आँधीको प्रभाव

काठमाडौं – बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय