सम्झौता भएको २७ महिनापछि सबस्टेसन निर्माण सुरु « Khabarhub

सम्झौता भएको २७ महिनापछि सबस्टेसन निर्माण सुरु


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २७ महिनापछि सबस्टेसन निर्माण सुरु भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमबाट रघुगङ्गा–३ राहुघाटको अम्वाङ जोड्ने एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एन्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । 

जनप्रतिनिधि र सरोकारवालाको दबाब तथा आयोजनाको ताकेतापछि ठेकेदार कम्पनीले २७ महिनापछि राहुघाटमा सबस्टेसनको काम थालेको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिए । 

अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । सबस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्यौलमा परेको थियो । 

ढिलै भए पनि सबस्टेसन निर्माण सुरु भएकामा जलविद्युत् आयोजनाका प्रवर्द्धक आशावादी बनेका छन् । तीस महिना ठेक्का अवधि भएको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ५० प्रतिशत रहेको आयोजना प्रमुख अग्रवालले बताए । 

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन बनाउन लागिएको हो । १३३-३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । 

डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो । दुवै ठाउँका सबस्टेसनमा जडान गर्ने उपकरण आयात भइसके पनि प्रयोगमा ढिलाइ हुँदा बिग्रने जोखिम बढेको प्राविधिकले बताएका छन् । 

करिब २५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७९ वटा टावरमध्ये हालसम्म १२ वटा निर्माण सकिएका र ३८ वटा निर्माणाधीन रहेका आयोजनाले जनाएको छ । रघुगङ्गा–३, बेनी नगरपालिका–९ र १०, मङ्गला गाउँपालिका–१, मालिका–६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन् ।  

दुवै ठाउँमा यसअघि नै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भइसकेका छन् । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । 

राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  २ : ५७ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत