गिरीबन्धु टि-स्टेटबारे ओली : कांग्रेसले ७० बिघा बेचेर कमिशन खायो, हामीले कानुन बनायौँ « Khabarhub

गिरीबन्धु टि-स्टेटबारे ओली : कांग्रेसले ७० बिघा बेचेर कमिशन खायो, हामीले कानुन बनायौँ


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूबारे बोल्दा विचार पुर्‍याउन नेपाली कांग्रेसका नेताहरूलाई चेतावनी दिएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेबारे बोल्दा विचार पुर्‍याउन कांग्रेसका नेताहरूलाई चेतावनी दिएका हुन् ।

ओलीले झापास्थित गिरीबन्धु टि-स्टेट प्रकरणबारे मुख खोल्दै कांग्रेस सरकारको पालामा दुई पटक गरेर ७० बिघा बेचिएको जिकिर गरे ।

‘जहाँसम्म गिरिबन्धु टि-स्टेटको कुरा छ, कांग्रेसले एकपल्ट ५१ बिघा र अर्को पटक १९ बिघा जमिन सट्टापटट गर्ने नाममा कमिशन खाएर बिक्री गर्न दिएको छ’, उनले भने, ‘त्यही टि-स्टेटबारे पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले ऐन बनाएका हौँ । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’

उनले सहकारी ठगी प्रकरणमा उपप्रधान गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् ।

कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरू नलतिर्ने पनि उनले बताए ।

लाममिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको ओलीले बताए । कांग्रेसले आरोप लगाइरहने र बकवास गरिरहने अनि आरोपितले बोल्न नपाउने भन्ने हुन्छ ? भन्दै प्रश्न गरे।

कांग्रेसप्रति आक्रामक ओलीले सनकको भरमा पछि लागेर सदन अवरोध गर्न नदिइने चेतावनी दिए ।

‘सनकको पछि लागेर संसदीय छानबिन समिति बन्दैन । कांग्रेसको घरबाट ल्याएको संसद हो र यो ? उसलाई जसो मन लाग्छ, त्यसै हुन्छ र ? कांग्रेसलाई नारा लगाउन आउने अनि अरुलाई नआउने भन्ने हुन्छ ?’, ओलीले भने ।

सम्वादमार्फत सदनको अवरोध खुलाउन आफूहरू लागिपरे पनि कांग्रेसले त्यस्तो चरित्र नदेखाएको ओलीले बताए ।

‘सम्वादभन्दा कांग्रेस गालीगलौजमा उत्रियो । यो देशमा कसैको इज्जत छैन् ? बोल्न सभामुखको निगाह चाहिँदैन भन्ने ? अनि के घरबाटै ल्याएको समयमा बोल्ने त ? के भनेको कांग्रेसले ? कांग्रेसको पनि महामन्त्री जस्तो मान्छेले के बोलेको ? कांग्रेसको अधिनायकावदी चरित्र प्रकट भएको छ, यस चरित्रसँग हामी लत्रिनुपर्ने कुनै कारण छैन्’, उनले भने, ‘हामी त मिलाएर जान खोजेका छौँ। यसो नगर भनिरहेका छौं, उल्टै हामीमाथि आरोप लगाउने, कांग्रेसले खोजेको के हो ? यो देश कांग्रेसको एकलौटी हो ? अरु यो देशमा बस्न नपाउने, जित्न नपाउने ? अरुले सरकार बनाउन नपाउने ? आफूले प्रधानमन्त्री बाँड्दै हिँड्ने अनि अरुले मन्त्री दिन पनि नपाउने ? त्यसकारण हाम्रा साथीहरू हामी ढुक्क भएर जान्छौं । हाम्रो कुरा त्यत्ति हो । हामीले संसद्मा बहस गर्न पाउनुपर्छ । अवरोध भए त्यहीअनुसार व्यवहार हुन्छ ।’

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ३ : २७ बजे

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न

कतारका लागि चितवनबाट बिदा भए खगेन्द्र र रूद्रकली

काठमाडौं– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका

के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ?

देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई

महेश बस्नेतले भने- पार्टी र मुलुकलाई अघि बढाउन केपी ओली नै चाहिन्छ

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी