गिरीबन्धु टि-स्टेटबारे ओली : कांग्रेसले ७० बिघा बेचेर कमिशन खायो, हामीले कानुन बनायौँ « Khabarhub

गिरीबन्धु टि-स्टेटबारे ओली : कांग्रेसले ७० बिघा बेचेर कमिशन खायो, हामीले कानुन बनायौँ


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूबारे बोल्दा विचार पुर्‍याउन नेपाली कांग्रेसका नेताहरूलाई चेतावनी दिएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेबारे बोल्दा विचार पुर्‍याउन कांग्रेसका नेताहरूलाई चेतावनी दिएका हुन् ।

ओलीले झापास्थित गिरीबन्धु टि-स्टेट प्रकरणबारे मुख खोल्दै कांग्रेस सरकारको पालामा दुई पटक गरेर ७० बिघा बेचिएको जिकिर गरे ।

‘जहाँसम्म गिरिबन्धु टि-स्टेटको कुरा छ, कांग्रेसले एकपल्ट ५१ बिघा र अर्को पटक १९ बिघा जमिन सट्टापटट गर्ने नाममा कमिशन खाएर बिक्री गर्न दिएको छ’, उनले भने, ‘त्यही टि-स्टेटबारे पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले ऐन बनाएका हौँ । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’

उनले सहकारी ठगी प्रकरणमा उपप्रधान गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् ।

कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरू नलतिर्ने पनि उनले बताए ।

लाममिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको ओलीले बताए । कांग्रेसले आरोप लगाइरहने र बकवास गरिरहने अनि आरोपितले बोल्न नपाउने भन्ने हुन्छ ? भन्दै प्रश्न गरे।

कांग्रेसप्रति आक्रामक ओलीले सनकको भरमा पछि लागेर सदन अवरोध गर्न नदिइने चेतावनी दिए ।

‘सनकको पछि लागेर संसदीय छानबिन समिति बन्दैन । कांग्रेसको घरबाट ल्याएको संसद हो र यो ? उसलाई जसो मन लाग्छ, त्यसै हुन्छ र ? कांग्रेसलाई नारा लगाउन आउने अनि अरुलाई नआउने भन्ने हुन्छ ?’, ओलीले भने ।

सम्वादमार्फत सदनको अवरोध खुलाउन आफूहरू लागिपरे पनि कांग्रेसले त्यस्तो चरित्र नदेखाएको ओलीले बताए ।

‘सम्वादभन्दा कांग्रेस गालीगलौजमा उत्रियो । यो देशमा कसैको इज्जत छैन् ? बोल्न सभामुखको निगाह चाहिँदैन भन्ने ? अनि के घरबाटै ल्याएको समयमा बोल्ने त ? के भनेको कांग्रेसले ? कांग्रेसको पनि महामन्त्री जस्तो मान्छेले के बोलेको ? कांग्रेसको अधिनायकावदी चरित्र प्रकट भएको छ, यस चरित्रसँग हामी लत्रिनुपर्ने कुनै कारण छैन्’, उनले भने, ‘हामी त मिलाएर जान खोजेका छौँ। यसो नगर भनिरहेका छौं, उल्टै हामीमाथि आरोप लगाउने, कांग्रेसले खोजेको के हो ? यो देश कांग्रेसको एकलौटी हो ? अरु यो देशमा बस्न नपाउने, जित्न नपाउने ? अरुले सरकार बनाउन नपाउने ? आफूले प्रधानमन्त्री बाँड्दै हिँड्ने अनि अरुले मन्त्री दिन पनि नपाउने ? त्यसकारण हाम्रा साथीहरू हामी ढुक्क भएर जान्छौं । हाम्रो कुरा त्यत्ति हो । हामीले संसद्मा बहस गर्न पाउनुपर्छ । अवरोध भए त्यहीअनुसार व्यवहार हुन्छ ।’

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ३ : २७ बजे

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

जलेश्वर (महोत्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो

सङ्गठनका प्राथमिकताहरू गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता

प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको