भीभोको एस वान मोबाइल नेपाली बजारमा  | Khabarhub Khabarhub

भीभोको एस वान मोबाइल नेपाली बजारमा 


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भीभो नेपालले आफ्नो नयाँ प्रोडक्ट, भीभो एस १ नेपाली बजारका लागि आधिकारीक रुपमा उपलब्ध गराएको छ । कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ ट्याग लाईन राखेको छ । जसले ठूलो संख्याका युवा उपभोक्ताहरुलाई प्रतिनिधित्व गर्दछ । जो उत्साहित, स्टायलिस, र सँधै नयाँ ट्रेण्डलाई आत्मसात गर्ने किसिमका हुन्छन् ।

भीभो एस १ स्मार्टफोन स्क्रीन टच आईडी, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरुसहितको रहेको छ । यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काई लाईन ब्लू कलर्स अप्सनमा बजारमा उपलब्ध छ ।

‘भीभो उपभोक्तामा आधारित प्रविधि ब्राण्ड हो । जसले नेपाली उपभोक्ताहरुको बढिरहेको विभिन्न आवश्यकताहरुलाई पूर्ति गर्दछ । भीभोको आन्तरिक अनुसन्धानले युवा नेपाली उपभोक्ताहरु जो स्टायलिस स्मार्टफोन चाहन्छन र उनीहरुको लाईफस्टायलसँग मिल्ने फिचरहरु खोज्ने गरेको पाईएको छ,’ भीभो नेपालका जनरल म्यानेजर मार्सले भने ।

लाईफस्टायललाई सपोर्ट गर्ने उत्कृष्ट परफरमेन्स

बजार निर्देशक ग्याभिनले भने, ‘भीभो एस १ ले स्मार्टफोन छनौट गरिरहेका युवा उपभोक्ताहरुको विशेषताहरुलाई समाहित गरेको छ, जुन स्टायलिस डिजाइन, स्मार्ट क्यामरा, ठूलो स्क्रीनका साथमा क्लियर भीजुअल एक्सपेरियन्स, र भरोसायोग्य परफरमेन्सका साथमा आएको छ । भीभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रीन टच आईडी जस्ता थप विशेषताहरु पनि रहेका छन् । यसले मोबाइल एक्सपेरियन्सलाई अझ रमाईलो बनाउँछ ।’

भीभो एस १ मा ६ जीबी र्‍याम र १२८ जीबीको आन्तरिक स्टोरज (रोम) रहेको छ । जसले भिडियोहरु, गीत संगीतहरु र स्टोर गर्न, तस्वीरहरु संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ । पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नको लागि भीभो एस १ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल ईन्जिन फास्ट चार्जिङ्ग, मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ । उर्जा बचत गर्ने प्रोसेसर र उच्च ब्याट्री क्षमताका साथ भीभो एस १ लामो समयसम्म सक्रिय रहने युवा उपभोक्ताहरुका लागि विभिन्न तरिकाले सहयोगी हुन तयार छ ।

मोबाइल गेमिङ्ग फिचर

भीभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिङ्ग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ । भीभो एस वानले मल्टि टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिङ्ग मोड प्रस्तुत गरेको छ जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको परफरमेन्सलाई सहज बनाउँदै ब्याट्री लाईफ पनि बचाउँछ ।

भीभो एस १ आधिकारीकरुपमा नेपाली बजारमा रु ३४,६९० मा उपलब्ध छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ४ : ४९ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको