सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

काठामाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बा.५ ख २९६७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, कपिलवस्तुकाे विजयनगर गाउँपालिका-५ कटुवास्थित सडकमा ठाकुरापुरबाट बिजयनगर पिपरीतर्फ जाँदै गरेको युपी ४७ एन ०३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीया खिरताजी पासीको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसतै,  सिरहाकाे औरही गाउँपालिका-३ खजनपुरस्थित सडकमा मधेश प्रदेश ०१-००१ त २६४६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय जगदिश ठाकुर बरहीको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ६ : ०६ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको