नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी « Khabarhub

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आउने बताएका छन् । 

धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मार्ग निर्देश गरेका विषयलाई केन्द्रमा राखेर आगामी आवको बजेट आउने बताए। 

उनले भने, ‘सरकार बजेटमा केन्द्रित छ । हिजोका दिनमा थुपै्र नीति तथा कार्यक्रमले बजेट नचिन्ने, बजेटले नीति तथा कार्यक्रम नचिन्ने खालका सन्दर्भ थिए । यस पटक सरकारले पूरै नीति तथा कार्यक्रमलाई बल पुग्ने गरी बजेट तय गर्ने छ ।’

रोजगारीका अवसर सिर्जना गर्ने, उद्योगधन्दा सञ्चालन गर्नेलगायतका थुप्रै कार्यक्रम नीति तथा कार्यक्रमले समेटेको मन्त्री भण्डारीले बताए । सरकार राष्ट्रिय मुद्दामा केन्द्रित भएर काम गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ७ : २० बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै