सुनले तोड्यो नयाँ रेकर्ड, अझै बढ्ने सम्भावना | Khabarhub Khabarhub

सुनले तोड्यो नयाँ रेकर्ड, अझै बढ्ने सम्भावना


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना लागेसँगै बजारमा सुनको मुल्य लगातार उकालो लागेको छ । गत विहीबार प्रतितोला ७० हजार पुगेको सुनको मुल्य मंगलबार नयाँ रेकर्ड बनाउँदै प्रतितोला ७१ हजार पुगेको छ ।

चाडपर्व नजिकिँदै गर्दा सुनको मुल्य निरन्तर बढेसँगै उपभोक्ताहरु मारमा परेका छन् । सुनको मुल्य उकालो लागेसँगै सुन किन्ने भन्दा बेच्नेहरुको बढेका छन् ।

व्यापारीअनुसार गत वर्षहरुमा यो बेला सुन अर्डर प्रशस्त आउने र काम गर्न भ्याइनभ्याइ हुन्थ्यो । यो वर्ष सुनको मुल्य बढेसँगै एक महिनादेखि व्यापार सुस्ताएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढ्दै ७१ हजार पुगेको हो । विहीबार सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मुल्य कहिले ओरालो लाग्ला भनेर बसेका महिलाहरु यतिबेला पर्ख र हेरको अवस्थामा बसेका छन् । लगातार बढेको मुल्यले उनीहरुलाइ झनै निराशा पारेको छ । यता सुन व्यवसायीहरु भने अझै मुल्य बढ्ने सम्भावना रहेको बताउँछन् ।

किन बढिरहेको सुनको मूल्य ?

चीन र अमेरिकाका बीचको व्यापार युद्धको प्रभावका कारण पनि सुनको मुल्यमा उतारचढाव आएको महासंघले जनाएको छ ।

साथै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउँदा पनि त्यसको असर नेपाली बजारमा पर्न गएको महासंघ पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

ब्याजदर घटेसँगै अन्य अद्यौगिक क्षेत्रमा लगानी गर्नेहरु विकल्पको रुपमा सुनतर्फ आकर्षित भएको शाक्यले बताए ।
भारतको जम्मू कश्मीर विवादका कारण पनि नेपाली बजारमा प्रभावित बन्न पुगेको छ । त्यता आन्दोलन भइरहँदा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुन गएको उनले बताए ।

‘नेपाली रुपैयाँ र भारती रुपैयाँको विनिमय दर फिक्स छ’ शाक्य भन्छन्, झण्डै ३ रुपैयाँ ६० पैसा महंगो भइसकेको छ डलरको भाउ । कष्ट अफ प्रोडक्सन बढेकाले पनि सुनको भाउ बढ्दै गएको हो । साथै तत्काल सुनको मुल्य नघट्ने उनले जानकारी दिए ।

राष्ट्र बैंकले सुनको कोटा नबढाएका कारण समेत सुनको मुल्य बढेको हुन सक्ने व्यवसायी बताउँछन् ।

अहिले राष्ट्र बैंकले दैनिक १५ सय किलो सुन बजारमा प्रवाह गर्ने गरेको छ । व्यवसायीहरु भने दैनिक २५ सय भन्दा बढी सुन माग हुने बताउँछन् । माग र आपूर्तिबीचको सन्तुलन कायम हुन नसक्दा बजार भाउ आकासिने गर्छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ०८ बजे

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

काठमाडौं– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित