अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार « Khabarhub

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब ३० करोड अमेरिकी डलरको व्यापारिक सामान निर्यात र आयात गरेको राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरण (एनएसआईए)ले बुधबार बताएको छ ।

उक्त अवधिमा अफगानिस्तानले करिब एक अर्ब ७८ करोड डलरको सामान निर्यात गरेको र आठ अर्ब ५८ करोड डलरको सामान आयात गरेको एनएसआईएका प्रवक्ता मोहम्मद हलिम रफीले जानकारी दिए।

प्रमुख निर्यातमा फलफूल, जडिबुटी, औषधि, खनिज र तरकारी रहेको र मुख्य आयातमा पेट्रोलियम पदार्थ, तेल, मेसिनरी, सवारी साधन, उपकरण, धातु तथा धातुजन्य वस्तु रहेको उनले बताए ।

अफगानिस्तानबाट निर्यात हुने वस्तुको प्रमुख बजारमा पाकिस्तान, भारत, संयुक्त अरब इमिरेट्स (युएई), चीन र इरान रहेका छन् भने आयातको प्रमुख स्रोतमा इरान, पाकिस्तान, चीन र युएई छन् ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १० : २९ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड