गृहमन्त्री लामिछानेलाई बोल्न दिएर संसदीय समिति बनाउन कांग्रेस लचिलो | Khabarhub Khabarhub

गृहमन्त्री लामिछानेलाई बोल्न दिएर संसदीय समिति बनाउन कांग्रेस लचिलो

सभापति देउवाले संसदीय दलमा छलफल गर्दै


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसद् खुलाउने कुरामा लचिलो भएको छ ।

सहकारी ठगी प्रकरणको आरोप लागिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिएर संसदीय समिति बनाउने कुरामा कांग्रेस लचिलो भएको हो । यससँगै संसद्मा जारी लगातारको अवरोध पनि खुल्ने सम्भावना बढेको छ ।

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिएर समिति बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा लचिलो भएको कांग्रेसले आन्तरिक छलफल थालेको छ । यता बिहीबार बिहान ११ बजेका लागि डाकिएको संसद् बैठक पनि अपरान्ह ४ बजेसम्मलाई सारिएको छ ।

प्रधानमन्त्रीले लामिछानेलाई बोल्न दिएर समिति बनाउने प्रस्ताव राखेपछि कांग्रेस लचिलो भएको हो ।

यसबारेमा आवश्यक निर्णय र रणनीति तय गर्न अहिले कांग्रेस संसदीय दलमा अनौपचारिक छलफल भइरहेको प्रमुख सचेतक रमेश लेखकले खबरहबलाई बताए ।

‘म पनि बैठकमा जाँदै छु । प्रधानमन्त्रीले गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिएर समिति बनाऊँ भन्नुभएको छ । सभापति शेरबहादुर देउवा पनि यसमा लचिलो भएकाले अरू साथीहरूको राय लिन बैठक बस्दैछौँ’, लेखकले भने ।

सरकारको नीति तथा कार्यक्रम पनि टेबल हुन नसकेको अवस्थामा प्रधानमन्त्रीले लामिछानेलाई बोल्न दिएर संसदीय समिति गठनको मध्यमार्गी विकल्प कांग्रेससँग राखेका हुन् ।

लेखकले अगाडि भने, ‘एक पटक गृहमन्त्रीलाई बोल्न दिऊँ, अनि समितितिर जाउँला भनेर सभामुख र प्रधानमन्त्रीले सभापतिलाई भन्नु भएको छ ।’

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १२ : २७ बजे

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।