लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो « Khabarhub

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अहिले संसद् खोल्ने विकल्पमा जानुपर्ने बताएका छन् ।

उनले संसद् खोल्नका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर छानबिन समिति बनाउनुपर्ने विकल्प सुझाएका छन् ।

बिहीबार खबरहबसँग कुरा गर्दै लिङ्देनले भने, ‘अहिले गृहमन्त्रीलाई बोल्न दिएर समिति बनाउने र सदन सुचारु गर्नेतर्फ हाम्रो छलफल भएको छ ।’

लिङ्देनले गृहमन्त्री लामिछानेले राजीनामा दिने या पदमा बसिरहने भन्ने विषय अब विकसित हुने घटनाक्रमले देखाउने बताए ।

उनले भने, ‘अहिले समिति बनाउनेमा सत्ता पक्ष र प्रतिपक्षबीच साझेदारी बन्दै छ । राजीनामाको कुरा अलिक पछाडिको विषय भयो । गृहमन्त्रीज्यूले के गर्दा सहज हुन्छ, त्यही गर्नुहोला नि !’

बिहीबार बिहान बसेको पाँच दलका सचेतकहरूसँगको बैठकपछि प्रधानमन्त्री र दलहरूबीच गृहमन्त्रीले संसद्‍मा बोलेर समिति बनाउने कुरामा सहमति भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  २ : ३३ बजे

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद