दलहरूबीच सहमति जुटेन, कांग्रेसले संसद् अवरोध गर्ने | Khabarhub Khabarhub

दलहरूबीच सहमति जुटेन, कांग्रेसले संसद् अवरोध गर्ने


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरोध गर्ने भएको छ । 

दलहरूबीच सहमति नजुटेपछि आज पनि संसद्  अवरोध गर्ने तयारी रहेको कांग्रेस सांसद प्रतिमा गौतमले बताएकी छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बने मात्रै संसद् अघि बढ्न सक्ने अडान लिएको छ ।

सरकार गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।

अहिले केही बेरमा प्रतिनिधि सभाको बैठक बस्दै छ ।

यसअघि पनि सहमतिको प्रयास असफल भएकै कारण बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक भएको थियो ।

 

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ३ : ५३ बजे

जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले संसद् पुनर्स्थापना गरि जेन-जी

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको

पार्टीको वर्तमान मर्म बुझेर धैर्यता राख्नुहोस् : कावा सभापति खड्का

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको

निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी– विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु