काेशीमा संघीयता कार्यान्वयन परीक्षणकालमै छ : सभामुख बिष्ट « Khabarhub

काेशीमा संघीयता कार्यान्वयन परीक्षणकालमै छ : सभामुख बिष्ट



विराटनगर – प्रदेश सभाका सभामुख अमर बिष्टले संघीयता कार्यान्वयनमा अहिले पनि कोशी प्रदेश परीक्षणकालमै रहेको बताएका छन् । सरकारको स्थायित्व नहुँदा अहिले पनि कोशी प्रदेशमा संघीयता कार्यान्वयन परीक्षण चरणमा रहेको बिष्टले बताएका हुन्‌ ।

संसदीय पत्रकार मञ्च कोशी समितिसँग आयोजित भेटघाट तथा छलफलको कार्यक्रममा सभामुख विष्टले भने, ‘पछिल्ला चरणमा हेर्न हो भने पनि कोशी प्रदेशमा सरकारको स्थायित्व पाएको देखिँदैन, यसलाई राम्रो/नराम्रो जे भने पनि संघीयता कार्यान्वयन अहिले पनि कोशी प्रदेशमा परीक्षण अवस्थामै छ ।’

सभामुख विष्टले कोशी प्रदेशले स्थायित्व पाओस्‌ र पाँच वर्ष सरकार टिकिरहाेस् भन्ने सबै राजनीति दलको चाह भएको बताए । तर निर्वाचनमा जाँदा जनताले कसैलाई बहुमत नदिएका कारण सत्ता समीकरण फेरबदल हुने क्रमले निरन्तरता पाइरहेको बताए । केन्द्रमा हुने फेरबदलको प्रभाव प्रदेशमा समेत परेका कारण समय समयमा सरकार परिवर्तनको मारमा प्रदेश पर्ने गरेको उनको भनाइ छ ।

उनले भर्खरैमात्र एमालेका नेता हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन भएकाले यसले स्थायित्व पाउनेमा आफू आशावादी रहेको पनि बताए । प्रदेशको औचित्य पुष्टि हुनेगरी प्रदेशलाई आर्थिक र राजनीतिक रूपमा बलियो बनाउन सरकार र राजनीतिक दल लाग्नुपर्ने, नत्र यस्तै अवस्था रहे भविष्यमा गाह्रो पर्ने बताए ।

सभामुख विष्टले प्रदेश सभाका विषयगत समितिले दुई साताभित्र सभापति पाउने पनि दाबी गरे । उनले आगामी जेठ १३ गते  बस्ने प्रदेश सभा बैठकअघि नै समितिहरूको सभापति चयन गरिने प्रतिबद्धता जनाएका हुन् ।

विष्टले सहमतिमै सभापति चयन प्रक्रिया अघि बढाउन शीर्ष दलहरूसँग छलफल भइरहेको र सहमति जुट्न नसके निर्वाचन विधिबाट चयन गर्नेगरी आफूले तयारी गरिरहेको जानकारी दिए ।

कोशी प्रदेश सभाका सात विषयगत समिति लामो समयदेखि सभापतिविहीन अवस्थामा छन् । सभापति चयन नहुँदा अहिले समितिका जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्‍चालन हुने गरेको छ ।

मिनी संसद् भनेर चिनिएका विषयगत समितिमा बस्ने सदस्यको नाम भने गएको कार्तिक २२ मा टुंगिएको थियो । समिति सभापतिका विषयमा भने दलहरूबीच भागबन्डा मिलेको छैन ।

सभामुखको निर्वाचनपछि संसदीय समितिको नेतृत्व टुङ्गो लगाउने दलहरूको तयारी थियो । तर, सरकार बनाउने र गिराउने खेलका कारण समितिको सभापति चयनको विषय ओझेलमा परिरहेको छ।

संविधानको धारा १९३ मा प्रदेश सभाको कार्य प्रणाली व्यवस्थित गर्न आवश्यकताअनुसार समिति वा विशेष समिति गठन गर्न सक्ने व्यवस्था छ  ।

प्रदेशमा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति गठन भएका हुन्

प्रदेश सभा गठन भएको दुई वर्ष पुग्न लाग्दा पनि विषयगत समितिले सभापति नपाउँदा कोशी प्रदेश सभाले गर्ने कामको प्रभावकारिता देखिएको छैन ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ०२ बजे

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न