कांग्रेसको आरोप : सत्ता पक्षका नेता बाटोमै कुरा फेर्न थाले, एमालेले चलखेल गर्‍यो « Khabarhub

कांग्रेसको आरोप : सत्ता पक्षका नेता बाटोमै कुरा फेर्न थाले, एमालेले चलखेल गर्‍यो


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले सत्ता पक्षीय दलहरूले बाटोमै कुरा फेरेको आरोप लगाएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति बनाउन तयार भइसकेको अवस्थामा दिउँसो भएपछि कुरा फेरेको कांग्रेस नेताहरूले बताएका छन् ।

सहकारी ठगी प्रकरण छानबिनका लागि कांग्रेस नेताहरूले लिखित सहमति समेत खेजेका छन् । त्यसपछि मात्रै संसद्‍को अवरोध हट्ने उनीहरूको अडानत छ ।

कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले भने, ‘बिहान सहमति भइसकेको थियो तर बाटोमै साथीहरूले कुरा फेर्नुभयो । अब हामीलाई संसद् खुलाउन सहकारी प्रकरणमा लिखित सहमति चाहिन्छ ।’

कांग्रेस नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरिरहेकोसमेत बताएका छन् ।

कांग्रेसका एकजना संसद्ले भने, ‘छानबिन समितिलाई लिएर एमालेले व्यापक चलखेल गरिरहेको छ । यो गलत छ । हामी जनताको १ रुपैयाँ पनि तलमाथि हुन दिँदैनौँ ।’

यता सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुवोध’ले भने प्रधानमन्त्री प्रचण्डले संसद् सुचारु गराउन सबै दलसँग गम्भीर छलफल गरिरहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले निरन्तर पहल गरिरहनु भएको छ ।’

अहिले प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग छुट्टै छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूसँग पनि सभामुख र प्रधानमन्त्रीले निरन्तर छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ०१ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन