एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङबीच भनाभन, सांसदहरूबीच धकेलाधकेल | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङबीच भनाभन, सांसदहरूबीच धकेलाधकेल

हात हालाहालको अवस्थापछि संसद् बैठक स्थगित


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो ।

ओली र गुरुङबीच हात हालाहालको अवस्था आएपछि अरु सांसदहरूले रोकेका थिए । गुरुङ ओलीतिर अघि बढेपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलासहितले हस्तक्षेप गरेका थिए ।

ओली र गुरुङबीच भनाभनपछि सांसदहरूबीच हात हालाहालको अवस्था आएपछि सभामुख देवराज घिमिरेले संसद् बैठक नै स्थगित गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : १३ बजे

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

बाँके– पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको

विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक

फैलिँदो निराशा : एक वर्षमा झण्डै ७० हजार नेपालीले सधैँका लागि छाडे देश

काठमाडौं– वर्षेनी रोजीरोटी र सुरक्षित जीवनको खोजीमा लाखौँ नेपालीले देश

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

बुटवल– लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ ।