संसद्‍मा तनावको दोष कांग्रेसले सभामुख घिमिरेलाई लगायो « Khabarhub

संसद्‍मा तनावको दोष कांग्रेसले सभामुख घिमिरेलाई लगायो


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख पार्टी नेतृत्वको निर्देशनमा चल्नु दुर्भाग्य भएको जनाएको छ ।

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा (वेल) घेराउ गरिरहँदा सभामुखले आरोपित गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि यस्तो आरोप लगाएको हो ।

‘प्रतिपक्षी वेलमै आइसकेपछि संसभालाई अगाडि बढाउने काम गर्न हुँदैनथ्यो। तर, सिधै तलबाट नेताहरूले अगाडि बढा भन्ने र सभामुखले जबरजस्ती सभा सञ्चालन गर्न थाल्नुभयो,’ बैठकपछि बाहिरिने क्रममा कांग्रेस प्रवक्तासमेत रहेका सांसद डा. प्रकाशशरण महतले भने, ‘यो हाम्रो संसदीय इतिहासमा सबैभन्दा अमर्यादित, गर्न नहुने, संसदीय विधिको बर्खिलाप त्यसको रक्षा गर्न बसेका सभामुखले पार्टी नेतृत्वको निर्देशनमा हुनु दुर्भाग्य हो ।’

सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच भनाभन भएको थियो ।

संसदमा मुठभेटको अवस्था सिर्जना भएपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आफ्नो आशनमा बस्न आग्रह गर्दै बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : ४८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली