‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध « Khabarhub

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा नायिका परीक्षा लिम्बू प्रमुख भूमिकामा देखिँदै छन् । यस अघि उनी हिट दुई फिल्म जारी र छक्का पञ्जामा सहायक भूमिकामा अभिनय गरेकी थिइन् ।

अहिले चलचित्रको प्रचारमा व्यस्त रेहकी परीक्षाले लामो सकसपछि यस फिल्ममा अनुबन्ध भएको प्रसंग सुनाएकी छन् । अडिसनमार्फत फिल्ममा जोडिएकी उनले ६ वटा भिडियो निर्माण पक्षलाई पठाएपछि मात्रै फाइनल भएको बताउँछिन् ।

फिल्ममा गौमायाको भूमिकामा रहेकी परीक्षा भन्छिन्, ‘उहाँहरूले मंगोलियन युवती खोजिरहनुभएको रहेछ। अडिसन खुलेको थाहा पाएँ । फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ ।’

निर्माण पक्षले कास्कीको कास्कीकोट क्षेत्रको स्थानीय लवज खोजेकाले फिल्ममा फाइनल हुन लामो समय लागेको उनको बुझाइ छ । उनी भन्छिन्, ‘स्थानीय लवजमा बोल्न सक्ने पात्रको खोजी रहेछ । भाषाले एकदमै महत्त्व राखेको छ । त्यही कारण उहाँहरुले लामो समय लिनुभयो । पछि अनुबन्ध भएपछि लवज र भाषाबारे उहाँहरुले नै अभ्यास गराउनु भयो ।’

फिल्ममा पश्चिमको भाषा बोल्नुपर्ने भएकाले पूर्वमा हुर्केकी परीक्षालाई अनुबन्ध हुन सकस भयो । यद्यपि छायांकन र पात्र निमार्णको प्रक्रिया भने रमाइलो भएको अनुभव उनीसँग छ ।

उनी भन्छिन्, ‘आफूबाट अर्को मान्छे हुन पाउँदा मलाई रमाइलो लाग्यो । वास्तविक मभन्दा फिल्मको ममा धेरै फरक छ । सुरुमा मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो ।’

परीक्षा यस चलचित्रमा ‘मैतबहादुर’को भूमिकामा रहेको नायक प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा छन्। प्रदीपसँग उनको यो पहिलो सहकार्य हो ।

जातीय छुवाछुतविरुद्धको कथामा आधारित यस फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ । यस फिल्मको कथा विकास सुबेदीले लेखेका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ८ : ५१ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल