जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा « Khabarhub

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।

भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ।

प्रहरी वृत्त दरबारमार्गमा युवतीले शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि खोजीमा रहेको प्रहरीले शर्मा कहाँ छन् पत्ता लगाउन सकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र उनी हाल फरार रहेको बताए।

‘एक जना युवतीले जबरजस्ती करणी गरेको जाहेरी दिनुभएको छ,’ उनले भने, ‘जाहेरीपछि अनुसन्धानका लागि खोजी गर्दा उहाँ फेला पर्नुभएको छैन।’

घटना अनुसन्धानका क्रममा रहेकाले प्रहरीले यसबारे थप विवरण उल्लेख गरेको छैन।  

शर्मा निर्माण व्यवसायीसमेत हुन्। उनको ठिमी नगरपालिका(३ गठ्ठाघरमा प्रदेश निर्माण सेवा छ।

दोलखाका जिल्लास्तरीय नेता शर्मा बालकोट बस्दै आएका छन्। नेकपा एमालेको गत जिल्ला अधिवेशमा उनी उपसचिव पदको उम्मेदवार बनेका थिए।

ठेक्कापट्टा साथै शर्मा मिटरब्याजको कारोबारमा सक्रिय छन्। उनलाई भरतपुरका एक जना निर्माण व्यवसायीलाई मिटरब्याजमा रकम लगाएर पीडित बनाएको आरोप लागेको थियो।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ७ : ०८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको