फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन « Khabarhub

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेको छ ।

यो टापु फ्रान्सले १७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । दंगामा हालसम्म ५ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् ।

प्रहरीले दुई सय जनालाई पक्राउ गरेको छ । फ्रान्स सरकारले नै संसदमा यस बारे जानकारी दिएको हो । सरकारले त्यहाँ १२ दिनका लागि संकटकाल लगाएको छ । यस अवधिमा सबैलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। विमानस्थल र बन्दरगाहको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । सेनाका ट्यांकहरू सडकमा गस्ती गरिरहेका छन्।

फ्रान्सेली न्यूज च्यानल फ्रान्स २४ का अनुसार फ्रान्सले हालै न्यू क्यालेडोनियामा मतदान नियम परिवर्तन गर्ने विधेयक पारित गरेको थियो । यो विधेयक अन्तर्गत न्यु क्यालेडोनियाका मूल निवासी बाहेक फ्रान्सबाट त्यहाँ बसोबास गर्ने व्यक्तिलाई पनि मतदान गर्ने अधिकार दिइएको छ ।

यसै सन्दर्भमा त्यहाँका तीन नगरपालिकामा ५ हजारभन्दा बढी आन्दोलनकारी विधेयकको विरोध गरिरहेका छन् । न्यू क्यालेडोनिया एउटा टापु हो । आन्दोलनकारीले विभिन्न ठाउँमा ब्यारिकेड लगाएका कारण अत्यावश्यक सेवा ठप्प भएको छ ।

आन्दोलनकारीले सहरका पसलमा लुटपाट गर्न थालेका छन् भने धेरै पसलमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले अब फ्रान्सबाट अलग हुन चाहेको बताएका छन् । विगत केही वर्षदेखि न्यु क्यालेडोनियाका जनताले छुट्टै देशको माग गर्दै आएका छन् । आन्दोलनकारीलाई रोक्न त्यहाँ १ हजार ८ सय प्रहरी मात्रै छन् । दंगा रोक्न सरकारले टिकटकमा पनि प्रतिबन्ध लगाएको छ ।

यी दंगाको असर छिमेकी देश अष्ट्रेलियामा पनि देखिएको छ । अस्ट्रेलियाका विदेश मामिला मन्त्री पेनी वोङले मानिसहरूलाई न्यू क्यालेडोनिया नजान अपील गरेका छन् । 

ब्रिटिश नाविक जेम्स कुक पहिलो पटक व्यापार गर्ने उद्देश्यले १७७४ मा न्यू क्यालेडोनिया पुगेका थिए । त्यसपछि उनले त्यहीँबाट व्यवसाय गर्न थाले । फ्रान्सेली नाविक एन्टोइन डे ब्रुनी पनि व्यापार बढाउन त्यहाँ पुगेका थिए । 

१८४१ मा, बेलायतको लन्डन मिसनरी सोसाइटीले त्यहाँ आफ्नो शिविर स्थापना गर्यो । त्यतिबेला फ्रान्स र बेलायतबीच सकेसम्म धेरै देशहरू कब्जा गर्ने प्रतिस्पर्धा थियो । यस कारणले गर्दा, फ्रान्सले १८४३ बाट त्यहाँ आफ्नो नौसेना पठाउन थाले । यसपछि दुवैबीच युद्ध भयो र सन् १८५३ मा फ्रान्सले सम्पूर्ण टापु कब्जा गर्यो । त्यसबेलादेखि आजसम्म यो फ्रान्सेली कब्जामा छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ९ : ०३ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको